ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौँ, साउन ३१ गते । करिब एक वर्षदेखि अलपत्र रहेको विद्यालय शिक्षा विधेयकलाई शिक्षा तथा खेलकुद मन्त्रालयले पुनः अघि बढाएको छ। लामो समयदेखि विवादित रहेको विधेयकलाई यसपटक सकेसम्म सर्वस्वीकार्य बनाउने उद्देश्यले मन्त्रालयले प्रदेशस्तरबाट सुझाव सङ्कलन थालेको हो।

मन्त्रालयले शनिबारदेखि विधेयकमाथि पुनः छलफल सुरु गरेको हो। पहिलो चरणमा कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाले सुझाव दिएका छन्।

मन्त्रालयका अनुसार मधेश प्रदेशको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि छलफल आयोजना गरिनेछ। प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई विधेयकमा समेटेर शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउने मन्त्रालयको तयारी छ।

जेनजी आन्दोलनपछि रोकिएको थियो प्रक्रिया

गत वर्ष संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ ५ गते विद्यालय शिक्षा विधेयक पारित गरी संसद्मा पठाउने निर्णय गरेको थियो। तर, विधेयकका विभिन्न प्रावधानप्रति शिक्षक, निजी विद्यालय सञ्चालक तथा अन्य सरोकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेपछि प्रक्रिया प्रभावित भएको थियो।

त्यसपछि जेनजी आन्दोलनसँगै सरकार र संसद् विघटन भएपछि विधेयक अघि बढ्न सकेन। अहिले मन्त्रालयले पुराना प्रावधानको पुनरावलोकन गर्दै आवश्यक विषय थपघट गर्न सरोकारवालासँग सुझाव लिन थालेको हो।

१ हजार ७५८ संशोधन प्रस्ताव

विद्यालय शिक्षा विधेयक पहिलो पटक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले २०८० भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गराएका थिए। असोज २५ गते विधेयकलाई दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको थियो।

विधेयकमाथि १५२ सांसदले एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। शिक्षा समितिले करिब दुई वर्ष छलफल गरेपछि गत वर्ष विधेयक प्रतिनिधि सभामा पठाउने सहमति जुटाएको थियो।

छात्रवृत्ति मुख्य विवाद

विधेयकमा निजी विद्यालयले गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विषय प्रमुख विवादका रूपमा रहँदै आएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार पाँच सय, आठ सय तथा आठ सयभन्दा बढी विद्यार्थी भएका निजी विद्यालयले क्रमशः १०, १२ र १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ। तर छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई विद्यालयले शुल्क छुट दिए पनि आवास, पोसाक तथा पाठ्यपुस्तकलगायतका खर्चसमेत समेटिनुपर्ने माग उठ्दै आएको छ।

गत वर्ष समितिबाट विधेयक पारित गर्दा पुरानो छात्रवृत्ति व्यवस्था कायम राख्दै तीन प्रतिशत विद्यार्थीलाई आवाससहितको सुविधा उपलब्ध गराउने विषयमा सहमति भएको थियो।

त्यसैगरी सरकारी विद्यालयका राहत, अस्थायी, प्राविधिक, विशेष शिक्षक तथा कक्षा ११–१२ का दरबन्दीमा रहेका शिक्षकको पदपूर्तिसम्बन्धी विषयमा पनि गत वर्ष सहमति जुटाइएको थियो।

आगामी ४०–५० वर्षलाई हेरेर ऐन

शिक्षा मन्त्रालयले अब बन्ने ऐनलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नराखी आगामी ४० देखि ५० वर्षको विद्यालय शिक्षाको अवस्थालाई समेत विश्लेषण गरेर निर्माण गर्ने जनाएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई केन्द्रमा राखेर दीर्घकालीन सोचसहित शिक्षा ऐन निर्माण गर्ने तयारी भइरहेको बताउनुभएको छ। मन्त्रालयले प्रदेश तथा स्थानीय तहबाट आएका सुझावलाई समेटेर विधेयकलाई पुनः अन्तिम रूप दिने तयारी गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, चार दिनमा १८ जनाको ज्यान गयो

जाजरकोटमा बाढीपहिरो : एक जनाको मृत्यु, तीन बेपत्ता

Fever Surge Continues as Stephanie White Receives Fan Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu