काठमाडौं, २ वैशाख । नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गर्नुभएको छ ।
९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता आग्रह गर्नुभएको छ ।संचारकर्मी संगको कुराकानीमा उहाँले बजारमा आउने अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।
९ गते त पार्टी एकता हुन्न भनेर केही नेताले भन्दै हिड्न थालेका छन नी ? नेम्वाङले भन्नुभयो, ‘जस्ले एकता हुन्न भनेको छ, यो प्रश्न उसैलाई सोध्नुहोस, अहिलेसम्म ९ गते नै पार्टी एकता हुनेमा दाँयाबाँया केही फरक परेको छैन ।’ नेताहरुको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको तर ९ गते एकता रोकिने कुरा सही नभएको उहाँको भनाइ छ ।
‘प्रधानमन्त्री भारत जानुभएको थियो, बैठक बस्ने कुरै भएन, उहाँ फर्केर आएपछि बस्ने भनेको प्रचण्ड कमरेड बिरामी हुनुभयो, त्यसपछि ओली रारा जानुभयो, आइतबार उहाँ फर्कनुभएको छ, अब बैठक बस्ला अनि कुरा टुंग्याउला नी !’ नेम्वाङले भन्नुभयो, ‘२ वटा कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यो अध्ययन भैरहेको छ । जबसम्म केन्द्रिय संयोजन समितिको बैठक बसेर प्रचण्ड र ओलीले आधिकारी रुपमा बोल्दैननतव सम्म अन्यकुरा अधिकारी नहुने उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्