ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद मुनाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ७० करोड ६७ लाख रुपैयाँ थियो। यसअनुसार एक वर्षमा कम्पनीको नाफा २ अर्ब १५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

कम्पनीको कुल सञ्चालन आय पनि ३.१२ प्रतिशतले वृद्धि भएर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। त्यस्तै, कुल आय २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

करअघिको नाफा र EBITDA बढ्यो

समीक्षा अवधिमा नेपाल टेलिकमको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यस वर्ष करअघिको नाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको EBITDA २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १०.७३ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ४९.२५ रुपैयाँ रहेको छ।

GSM सेवाको राजस्व बढ्दा सञ्चालन आयमा सुधार

नेपाल टेलिकमका अनुसार ब्याजदर घटेका कारण समीक्षा अवधिमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ। तर, GSM सेवातर्फको राजस्व बढेकाले समग्र सञ्चालन आयमा वृद्धि भएको हो।

GSM सेवाको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले विकट तथा दुर्गम क्षेत्रमा समेत सञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिएको जनाएको छ। कम्पनीका अनुसार यस्ता क्षेत्रमा सेवा विस्तारको लागत तुलनात्मक रूपमा बढी र प्रतिफल कम भए पनि नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

विराटनगरका सात आँखा अस्पताल सिल, सञ्चालक आन्दोलनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu