ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चसहित ६ अदालत ‘पाइलट कोर्ट’का रूपमा विकास गरिँदै


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं । सर्वोच्च अदालतसहित ६ वटा अदालतलाई ‘पाइलट अदालत’का रूपमा विकास गरिने भएको छ। सेवाग्राहीका मुद्दा–मामिला, न्यायसम्बन्धी सूचना र गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यले यस्तो प्रणाली लागू गर्न लागिएको हो।

सर्वोच्च अदालतको फूलकोर्टले यससम्बन्धी योजना पारित गरिसकेको छ। योजनाअनुसार सर्वोच्च अदालत, उच्च अदालत पाटन, उच्च अदालत जनकपुर, उच्च अदालत जनकपुरको राजविराज इजलास, पर्सा जिल्ला अदालत र भक्तपुर जिल्ला अदालत छनोट भएका छन्।

यी अदालतमा सेवाग्राहीलाई मुद्दाको अवस्था, न्यायसम्बन्धी आवश्यक सूचना तथा सहायता उपलब्ध गराउन ‘इन्टिग्रेटेड एआई–इनेबल्ड कोर्ट इन्फरमेशन एन्ड हेल्प डेस्क सिस्टम’ विकास गरिनेछ।

एआईमा आधारित स्मार्ट हेल्प डेस्क

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलको संयोजकत्वमा गठित समितिले पाइलट कोर्ट पहिचान गरी आधुनिक हेल्प डेस्कको अवधारणा अघि बढाएको हो।

सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार अहिले अदालतमा रहेका हेल्प डेस्क अपेक्षाअनुसार प्रभावकारी हुन नसकेकाले सफ्टवेयरमा आधारित एआई स्मार्ट डेस्क विकास गर्न लागिएको हो।

नयाँ प्रणालीमार्फत सेवाग्राहीले मुद्दा कुन अवस्थामा छ, सुनुवाइको स्थिति के छ तथा फैसला सदर वा बदर भएको विषयमा समेत आवश्यक जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।

त्यसैगरी, सेवाग्राहीले गरेका गुनासो दर्ता, ‘ट्र्याकिङ’ र समाधान भएपछि स्वचालित रूपमा जानकारी प्राप्त गर्ने प्रणालीसमेत विकास गरिनेछ।

सुरुआती चरणमा यी ६ अदालतमा आवश्यक उपकरण, सफ्टवेयर, प्राविधिक पूर्वाधार तथा आधारभूत फर्निसिङको व्यवस्था गरिनेछ। पाइलट अदालतको अनुभव र प्रभावकारिता हेरेर अन्य अदालतमा समेत क्रमशः विस्तार गरिने जनाइएको छ। यसका लागि ‘ए टू जे प्रोजेक्ट’ले भौतिक तथा प्राविधिक सहयोग गर्ने भएको छ।

दुई दशकअघि पनि थियो पाइलट कोर्टको अभ्यास

नेपालको न्यायपालिकामा ‘पाइलट कोर्ट’को अवधारणा नयाँ भने होइन। न्यायपालिकाको पहिलो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको करिब दुई दशकअघि, २०६१ सालमै नमुना अदालतको अवधारणा अघि बढाइएको थियो।

त्यतिबेला संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा काठमाडौं, मोरङ, सिराहा, कपिलवस्तु, बाँके र चितवनलगायत जिल्ला अदालतलाई पाइलट कोर्टका रूपमा विकास गर्ने अभ्यास सुरु गरिएको थियो।

त्यसअन्तर्गत देवानी र फौजदारी मुद्दालाई छुट्टाछुट्टै इजलासमार्फत छिटो, छरितो र वैज्ञानिक ढंगले किनारा गर्ने लक्ष्य राखिएको थियो। साथै सूचना प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन तथा न्यायाधीश र कर्मचारीलाई विशेषज्ञता तालिममार्फत आधुनिक न्याय प्रणाली विकास गर्ने उद्देश्यसमेत राखिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, सुपरीवेक्षण विभागबाट केन्द्रीय बैंकको नेतृत्व तहमा

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

Spain to Relocate 500 Migrant Children From Ceuta Following Border Surge

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

दिनमा कति कप चिया ठीक ? अत्यधिक सेवन गर्दा देखिन सक्छन् यी स्वास्थ्य समस्या

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu