बाजुरा, २ बैशाख। बुढीगंगा नगरपालिका कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ । विहान ८ बजेतिर कार्यालय अगाडी प्लाष्टिकले बाँधिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् ।
उक्त बस्तु राखिएको ढोकामा खतरा शब्द लेखेर राखिएको छ । कार्यालयको मुल ढोकामै शंकास्पद बस्तु भेटिएको खबर पछि प्रहरीको टोली पुगेको थियो । लगत्तै नेपाली सेनाको टोलीलाई खबर गरेर डिस्पोजका लागि पठाइएको जिल्ला प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् । कार्यालय अगाडि शंकास्पद बस्तु भेटिएपछि कार्यालयको कामकाज बन्द भएको छ । कार्यालय परिसरर वरपर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
नेपाली सेनाको टोली घटना स्थल पुगिसकेको बताईएको छ । बुढीगंगा नगरपालिका कार्यालय मार्तडीबाट २ घण्टाको दुरीमा रहेको छ । प्रहरीले तर्साउनका लागि राखिएको हुन सक्ने अनुमान गरेको छ । विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको आशंका प्रहरीले लिएको छ । तर नेकपाका नेता डबल बोगटीले भने आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्