ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारी व्यवसायी र सरकारबीच सहमति, आन्दोलन फिर्ता


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : ३५   बजे

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सोमबार सहमति भएपछि व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा श्रममन्त्री रामजी यादवसहित मन्त्रालयका अधिकारी र संघका अध्यक्ष तथा पदाधिकारीबीच भएको छलफलपछि सहमति भएको हो ।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको थियो । माग पूरा नभए भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा व्यवसायीले गरेका थिए ।

ऐन संशोधन प्रक्रियामा माग समेटिने

छलफलका क्रममा संघले राखेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय रहेको र ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइसकेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ ।

विभागबाट प्रशासनिक सहजीकरण

अन्य मागका सम्बन्धमा व्यवसायीले आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिए विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने सहमति भएको छ ।

विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

सहमति भएपछि संघले सोमबारदेखि नै आफ्ना सबै दबाबमूलक तथा आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

मोरङ जेलमा प्रहरीको खानतलासी, कैदीबन्दीद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu