ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : ४५   बजे

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको बैठक सोमबार अपराह्न १ बजेदेखि सुरु भएको छ। बैठकमा विभिन्न विधेयकलाई अघि बढाउने तथा तिनमाथि विचार गर्ने प्रस्ताव पेस हुँदैछन्।

सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

राहदानीसम्बन्धी विधेयक पनि कार्यसूचीमा

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।

आजको बैठकमा प्रस्तुत हुने विधेयकहरूमा सांसदहरूले आफ्नो धारणा राख्ने तथा संसद्को प्रक्रियाअनुसार विधेयकलाई थप चरणमा अघि बढाउने तयारी गरिएको छ।

खानी तथा खनिज पदार्थ, बालबालिका, मानव बेचबिखन तथा ओसारपसार र राहदानीसम्बन्धी कानुन संशोधनका प्रस्ताव संसद्को कार्यसूचीमा परेसँगै आजको बैठकलाई विधेयक केन्द्रित बैठकका रूपमा हेरिएको छ।

संसद् सचिवालयका अनुसार कार्यसूचीअनुसार विधेयकमाथिको छलफल तथा निर्णय प्रक्रिया अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको रिहाइ माग्दै एमाले सांसद राई, ‘प्रेस स्वतन्त्रतामाथि आघात’

प्रधानमन्त्रीको खोजीमा विपक्षीको ७५ दिने विरोध रोकियो, सभामुखले दिए रुलिङ

सम्बन्धित

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu