ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको खोजीमा विपक्षीको ७५ दिने विरोध रोकियो, सभामुखले दिए रुलिङ


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : २५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको खोजी गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा गर्दै आएको विरोध ७५औँ दिनमा रोकिएको छ।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा ‘भारतले पनि नेपालको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउन सभामुखमार्फत रुलिङ हुनुपर्ने माग राख्दै आएका थिए।

जेठ २७ गतेसम्म विपक्षी दलहरूले संसद् अवरुद्ध नै गरेका थिए। त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिएपछि विपक्षी दलहरू सदनको अवरोध हटाउन तयार भएका थिए। तर, त्यसपछि पनि बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका थिए।

सोमबारको बैठक सुरु भएपछि पनि विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिए।

सभामुखले प्रतिनिधिसभा नियमावलीका विभिन्न व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

‘प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ,’ सभामुखले भने।

उनले थपे, ‘यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’

रुलिङपछि बसे विपक्षी सांसद

सभामुखले विपक्षी दलहरूको मागअनुसार आफूले रुलिङ गरिसकेको भन्दै अब सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे।

सभामुखको रुलिङपछि विपक्षी दलका सांसदहरू आ–आफ्नो सिटमा बसेका थिए। त्यसपछि सभामुखले बैठकको नियमित कार्यसूची अघि बढाउँदै आकस्मिक समयमा बोल्ने सांसदहरूलाई समय दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर लामो समयदेखि जारी विवादमा सभामुखको रुलिङसँगै तत्कालका लागि संसद्भित्रको विरोध रोकिएको छ।

अब प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर विपक्षी सांसदहरूले उठाउँदै आएका प्रश्नको जवाफ दिने बाटो खुलेको छ। प्रधानमन्त्रीको जवाफपछि यो विषयमा विपक्षी दलहरूको आगामी रणनीति कस्तो हुन्छ भन्ने चासोसमेत बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

Landslides and Erosion Block Nine Road Sections Across Nepal

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

Nepal Government Revenue Rises by 10% in First Month of Fiscal Year

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu