ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेरो घरअगाडि गाडी तेर्स्याउन प्रहरी नै पठाइयो’ : गगन थापा


ABC NEWS
१ भदौ २०८३, सोमबार   ६ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केही दिनअघि आफ्नो घरअगाडि गाडी तेर्स्याउन प्रहरीकै प्रयोग गरिएको दाबी गरेका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकपछि आफ्नो धारणा राख्दै थापाले आफ्नो घरमा आगजनी भएको अवस्थामा निजी सम्पत्तिको थप क्षति नहोस् भनेर आफूहरू सचेत रहेको बताए। तर त्यही क्रममा घरअगाडि एउटा गाडी राखिएको र त्यसबारे जानकारी लिन खोज्दा प्रहरीको संलग्नता खुलेको उनको दाबी छ।

“मेरो जलाइएको घरअघि गाडी राखियो। निजी सम्पत्ति थियो, क्षति पुग्नुहुँदैन भन्नेमा सचेत थिएँ,” थापाले भने।

उनका अनुसार परिवारका सदस्यले उक्त गाडी कसको हो भन्नेबारे जानकारी लिन ट्राफिक कार्यालयमा पुगेर प्रश्न गरेका थिए।

“मेरो परिवारका सदस्य ट्राफिक कार्यालय गएर प्रश्न सोध्नुभयो– यो गाडी कसको हो ? हामी जान्न चाहन्छौँ। तर हामीलाई बताइएन,” थापाले भने।

केही समयपछि एक व्यक्ति आफू गाडीको चालक भएको भन्दै त्यहाँ आएको र ती व्यक्ति प्रहरी रहेको थापाको दाबी छ।

“केहीबेरपछि एकजनाले ‘म चालक हो’ भन्नुभयो। चालक बनेर आउने व्यक्ति प्रहरी हुनुहुन्थ्यो,” उनले भने।

‘यो शासकीय अराजकता हो’

थापाले घटनालाई सरकार सञ्चालनमा देखिएको अराजकतासँग जोड्दै कडा आपत्ति जनाए। उनले राज्य संयन्त्रको दुरुपयोग हुने अवस्था रोक्नुपर्ने बताए।

“यो शासकीय अराजकता हो,” थापाले भने, “शासकीय अराजकता रोकिएन भने यसले निल्छ।”

उनले राज्यका निकायहरू कानुन र स्थापित प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने भन्दै शासन प्रणालीमा अराजकता हाबी भए त्यसको असर व्यक्ति वा एउटा दलमा मात्र सीमित नरहने चेतावनी दिए।

थापाको यो अभिव्यक्तिले पछिल्लो राजनीतिक घटनाक्रममा राज्य संयन्त्रको भूमिकामाथि कांग्रेसले उठाइरहेको प्रश्नलाई थप सतहमा ल्याएको छ। उनले आफ्नो घरअगाडि गाडी राख्ने घटनामा प्रहरीको कथित संलग्नताबारे थप छानबिन आवश्यक रहेको संकेतसमेत गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepalese Lawmakers Demand Improved Disaster Preparedness After Deadly Landslides and Floods

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

Morocco Detains Hundreds of Migrants Near Ceuta Amid Border Tensions

ग्यास अभावदेखि संसद्को तनावसम्म : वर्षमान पुनले सरकारमाथि उठाए गम्भीर प्रश्न

Russia Seeks Technology Transfer, Rejects ‘Screwdriver Assembly’ From Foreign Firms

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu