ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सर्वोच्चको आदेशबाट आत्तिनुपर्ने अवस्था छैन’ : प्रदीप पौडेल


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई रणनीतिक ढङ्गबाट अघि बढाउनुपर्ने बताए।

“रणनीतिक ढङ्गबाट हामीले आफूलाई अगाडि बढाऔँ। त्यस्तो धेरै आत्तिइहाल्नुपर्ने अवस्था छ भन्ने मलाई लाग्दैन,” पौडेलले भने, “हामीले अपेक्षा गरेका थियौँ, शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ। शेरबहादुर दाइ कुनै टिमको जर्सी लगाएर फर्कनुहुन्न भन्ने हाम्रो अपेक्षा थियो। तर हामी अपेक्षा गर्नेहरू पनि त्यस्तै हौँ।”

देउवामाथि पौडेलको आलोचना

पौडेलले देउवाले विचारको उचाइ कायम गरेर राजनीति नगरेको आरोप लगाए। गुट निर्माण र शक्तिकेन्द्रसँगको सम्बन्धका आधारमा देउवाले राजनीति गरेको उनको दाबी थियो।

“गुट बनाएर, शक्तिसँग जोडिएर शक्ति केन्द्र निर्माण गरेर उहाँले राजनीति गर्नुभयो। त्यसैले विचारको उचाइ प्राप्त हुने जुन अवसर थियो, मेरो विचारमा हाम्रो पूर्वसभापतिज्यूले त्यो गुमाउनुभयो,” उनले भने।

यस विषयमा धेरै चिन्ता गरेर पार्टी अलमलमा पर्न नहुने पौडेलले बताए।

‘नेमप्लेट राखेर कोही सभापति हुँदैन’

पौडेलले पार्टी सभापतिको विषयमा पनि टिप्पणी गर्दै कुनै अनधिकृत भेलामा दस्ताबेज प्रस्तुत गर्दैमा त्यसले वैधानिकता नपाउने बताए।

“चुनदेवीमा सभापतिको नेमप्लेट राखेर कोही सभापति हुने होइन,” उनले भने, “कुनै ढङ्गले पनि वैधानिक मान्न नमिल्ने भेलामा दस्ताबेज प्रस्तुत गरेर त्यो आधिकारिक हुने होइन।”

उनले कांग्रेसको सभापतिलाई तत्कालीन महामन्त्री भनेर सम्बोधन गर्दैमा कसैको राजनीतिक उचाइ नबढ्ने टिप्पणी गरे। बरु सुशासनको विपक्षमा रहेको आरोप लाग्ने भएकाले त्यसको जिम्मेवारी लिन आवश्यक नरहेको उनको भनाइ थियो।

प्रविधिमार्फत सदस्य व्यवस्थापन

बैठकमा पार्टी सदस्यता व्यवस्थापनबारे पनि पौडेलले धारणा राखेका थिए। उनले सदस्यहरूलाई ‘अद्यावधिक’ गर्नेभन्दा प्रविधिको माध्यमबाट सदस्यहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकता दिइएको बताए।

उनका अनुसार चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरिएका धेरै विषय इतर पक्षको दस्ताबेजमा समेत समेटिएका छन्।

पौडेलले यथास्थितिवादी अवस्थामा रहेको पार्टीलाई परिवर्तन गर्ने प्रक्रियाको नेतृत्व सभापति गगन थापाले गरिरहेको दाबी गरे। पार्टीलाई थप मजबुत बनाउन टिमवर्कका साथ सभापति थापाको नेतृत्वमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK Prime Minister Burnham Targeted By AI Impersonator

Democrats and Republicans Criticize Trump Over Reduced Military Drills With South Korea

Somali Army Recaptures Baidoa After Clashes With Rebel Forces

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

Lavrov Accuses Ukraine of Supporting Terrorism in Sahel Region

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu