ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लमजुङमा पहिरोले सडक भासियो, तीन गाउँको यातायात अवरुद्ध


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ११ : ४५   बजे

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ कमेरे भञ्ज्याङमा पहिरो जाँदा रामबजार–गिलुङ–साल्मे भञ्ज्याङ–घाम्राङ सडकखण्ड भासिएको छ।

सडक भासिएपछि गिलुङ, साल्मे भञ्ज्याङ र घाम्राङतर्फको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने कमेरे भञ्ज्याङ बस्तीसमेत पहिरोको जोखिममा परेको छ।

स्थानीयका अनुसार साउन २८ गते राति परेको वर्षापछि सडक चिरिएको थियो। त्यसपछि लगातार वर्षा हुँदा सडक भासिएर पहिरो गएको हो। मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हिराबहादुर गुरुङका अनुसार पहिरोको अवस्था तत्काल मर्मत गर्न सकिने खालको छैन।

पहिरोका कारण सडकसँगै बस्तीसमेत जोखिममा रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले उक्त सडक गाउँपालिका केन्द्रसहित मिदिमपारिका गाउँबस्तीलाई प्रदेश राजधानी पोखरासँग जोड्ने मुख्य मार्ग भएकाले पहिरोले ठूलो समस्या निम्त्याएको बताए।

उनका अनुसार सडक बगाएपछि क्व्होलासोथारका धेरै गाउँबस्तीको पोखरासँगको यातायात सम्पर्क प्रभावित भएको छ। सडक तत्काल मर्मत गर्न पालिकाको स्रोत र क्षमताले नभ्याउने भएकाले प्रदेश र संघीय सरकारसँग सहयोग माग्नुपर्ने अवस्था आएको उनले बताए।

पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। पोखरा यातायात प्रालि (लेखनाथ) का दुईवटा बस साल्मे भञ्ज्याङ–घाम्राङतर्फ रोकिएका छन्।

मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङले जोखिमयुक्त बस्तीको सुरक्षाका लागि प्रदेश र संघीय सरकारले तत्काल ध्यान दिनुपर्ने बताइन्।

स्थानीय जनप्रतिनिधिले सडक मर्मतसँगै पहिरोको उच्च जोखिममा रहेको कमेरे भञ्ज्याङ बस्तीको संरक्षणलाई प्राथमिकता दिन माग गरेका छन्। आवश्यक परे जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत पहल गर्नुपर्ने उनीहरूको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

Nepal Receives Bodies of Nine Flood Victims from India

Nepalese Leader Calls for National Consensus Post-Disaster

Venezuela Under Siege: Balancing Criticism with Solidarity

Extreme Heat Wave Sweeps Europe, Linked to Climate Change and Conflict

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu