ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ : सांसद खत्री


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : २५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्नुपर्ने बताइन्।

सांसद खत्रीले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले गरेको बलिदानको स्मरण गर्दै आन्दोलनका मागमध्ये कति पूरा भए र कति बाँकी छन् भन्ने विषयमा सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताइन्।

उनले घाइतेहरूको अवस्था, सहिद परिवारले पाएको न्याय तथा भ्रष्टाचारमा संलग्नहरूमाथि कारबाहीको प्रक्रियाबारे पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्।

‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र सहिद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ?’ उनले प्रश्न गरिन्।

वर्तमान सरकार भदौ २३ गतेको बलिदानकै जगमा बनेको उल्लेख गर्दै खत्रीले उक्त दिन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरी आन्दोलनका उपलब्धि, बाँकी माग र सरकारको आगामी योजनाबारे स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिइन्।

उनले भदौ २३ गते सहिदहरूको सम्मान गर्दै प्रधानमन्त्रीबाट देशव्यापी रूपमा सम्बोधन हुने अपेक्षासमेत व्यक्त गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार जनसरोकारका विषयमा संवेदनशील भएन, अधिनायकवादतर्फ उन्मुख छ : कांग्रेस सांसद केरुङ

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ११० घाइते

सम्बन्धित

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

एमाले सांसद खातुनको सरकारप्रति आक्रोश, ‘गलत काममा प्रतिपक्षले समर्थन गर्दैन’

नाइमा एक्स्पोमा सहभागी १३ ब्रान्ड नाडा अटो शोमा पनि, ५५ सवारी ब्रान्डको सहभागिता

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu