ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किम जोङ–उनसँग पुनः सम्पर्क भएको ट्रम्पको संकेत


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : १५   बजे

 

 

समाचार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः सम्पर्क स्थापित भएको संकेत दिएका छन्। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट ट्रम्पले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको बताएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँगको संवाद ‘धेरै सकारात्मक’ रहेको दाबी गरे। किमले आफ्नो सम्पर्क प्रयासको जवाफ दिएको हो कि होइन भन्ने प्रश्नमा उनले ‘हो, उहाँले दिनुभएको छ’ भन्दै पुष्टि गरेका थिए। यद्यपि सम्पर्कको माध्यम र सम्भावित वार्ताका विषयमा उनले थप विवरण दिएनन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट भएको स्मरण गर्दै दुई नेताबीचको सम्बन्धले कोरियाली प्रायद्वीपलाई थप सुरक्षित बनाउन सहयोग गरेको दाबी गरे।

‘म उहाँलाई बुझ्छु र उहाँले मलाई बुझ्नुहुन्छ,’ ट्रम्पले किमसँगको सम्बन्धबारे भने।

दोस्रो कार्यकाल सुरु भएपछि किमसँग प्रत्यक्ष भेट नभए पनि ट्रम्पले आफूले कुराकानीका लागि गरेको प्रयासको जवाफ आएको बताएका हुन्। यसले अमेरिका र उत्तर कोरियाबीच पुनः उच्चस्तरीय संवादको सम्भावना बढाएको संकेत गरेको छ।

दक्षिण कोरियासँग सैन्य अभ्यास फिर्ता

यसअघि ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ भन्दै पेन्टागनलाई अभ्यास फिर्ता लिन आदेश दिएका थिए।

ट्रम्पले दक्षिण कोरियाले इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा सहयोग गर्न अस्वीकार गरेको विषयलाई पनि सैन्य अभ्यास फिर्ता लिने निर्णयसँग जोडेका छन्।

दक्षिण कोरियामा करिब ३९ हजार अमेरिकी सैनिक तैनाथ रहेको उल्लेख गर्दै ट्रम्पले उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षा दिइरहेका अवस्थामा इरानमा अमेरिकालाई सहयोग गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।

उनले अमेरिका आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि मात्रै एकतर्फी रूपमा अघि बढिरहन नसक्ने टिप्पणीसमेत गरेका छन्।

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास फिर्ता लिने निर्णय र त्यसलगत्तै किमसँग सम्पर्क पुनः स्थापित भएको ट्रम्पको संकेतले वासिङ्टन र प्योङयाङबीच सम्भावित वार्ताका लागि नयाँ वातावरण बन्न सक्ने देखिएको छ। यद्यपि यसबारे दुवै पक्षबाट औपचारिक वार्ताको घोषणा भने भएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिने समारोहमा प्रधानमन्त्री शाह अनुपस्थित

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

पुटिनको कुरिल भ्रमणपछि रुस–जापान कूटनीतिक तनाव चर्कियो

युरोपमा चर्को गर्मी र डढेलोबीच जर्मनीमा संविधानमै जलवायु सुरक्षा राख्ने प्रस्ताव

हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, चालक दलका एक सदस्यको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu