ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : २५   बजे

हेटौँडा । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलमा देखिएको नेतृत्व विवाद समाधानका लागि दुईवटा विकल्प अघि सारिएको छ। संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नयाँ दलको नेता चयनका लागि मंगलबार बोलाइएको बैठकमा सहमतिको प्रयासस्वरूप विभिन्न विकल्पमाथि छलफल भएको हो।

हेटौँडा उपमहानगरपालिका–११ स्थित होटल स्मारकमा बिहानदेखि बसेको बैठकमा एमाले वाग्मती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संसदीय दलका नेता थपलिया, मुख्यमन्त्रीका आकांक्षी किरण थापा, केशवप्रसाद पोखरेललगायत नेताहरू सहभागी थिए।

प्रदेश सरकार गठनको विषयमा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमति बनेपछि एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयले विवादको रूप लिएको हो। संसदीय दलका नेता थपलिया र पूर्वस्वास्थ्यमन्त्री किरण थापा दुवैले मुख्यमन्त्रीमा दाबी गरेपछि विवाद थप पेचिलो बनेको छ।

विवाद समाधानका दुई विकल्प

बैठकमा विवाद टुंग्याउन केन्द्रीय नेताहरूको तर्फबाट मुख्यतः दुई विकल्प अघि सारिएको बताइएको छ।

पहिलो विकल्पमा संसदीय दलको नेता थपलियालाई यथावत् राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव छ। यस विकल्पमा संसदीय दलको नेतृत्व परिवर्तन नगर्ने तर सरकारको नेतृत्व थापालाई दिने विषयमा छलफल भएको हो।

दोस्रो विकल्पमा संसदीय दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी आलोपालो अर्थात् आधा–आधा कार्यकाल सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ। यसमा दुवै नेताबीच शक्ति बाँडफाँट गरेर विवाद समाधान गर्ने प्रयास गरिएको हो।

बैठकमा सहभागी एक नेताका अनुसार, “दलको नेता परिवर्तन नगर्ने तर किरण थापालाई मुख्यमन्त्री बनाउने र अर्को विकल्पका रूपमा आधा–आधा कार्यकाल संसदीय दलको नेता तथा मुख्यमन्त्री बन्ने विषयमा छलफल भएको छ।”

थपलिया मतदानको पक्षमा

संसदीय दलका नेता थपलियाले भने आफ्नो पदका विषयमा सहमतिको सट्टा मत विभाजनबाट निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन्। यसअघि उनीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ।

यता किरण थापाले आफूलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्। उनी पक्षका सांसदहरूले नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क गर्दै आएका छन्।

सहमतिको प्रयास जारी रहे पनि सहमति नजुटे संसदीय दलको नेताका विषयमा मतदान हुने सम्भावना कायमै रहेको एमाले नेताहरूले बताएका छन्।

सरकार गठनमा एमालेको निर्णायक भूमिका

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। बहुमत जुटाउन नसक्ने अवस्था बनेपछि उनले राजीनामा दिएका थिए।

एमाले र नेकपाबीच भएको सहमतिअनुसार सरकार गठनको तयारी भइरहेका बेला एमालेभित्रै मुख्यमन्त्रीको उम्मेदवार चयनमा विवाद देखिएको हो। त्यसैले संसदीय दलको नेतृत्व र मुख्यमन्त्रीको विषयमा हुने निर्णयले अब वाग्मती प्रदेशको नयाँ सत्ता समीकरण निर्धारण गर्नेछ।

एमालेले आन्तरिक विवाद सहमतिबाटै समाधान गर्ने प्रयास गरिरहेको भए पनि थपलिया र थापा दुवै पक्ष आ–आफ्नो दाबीमा कायम रहे मतदानको विकल्प खुला रहने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Lawmakers Raise Concerns Over Supplies, Prices, and Citizen Welfare

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu