ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौला (ज्वाला) को अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदबीच विवाद भएको छ।

विशेष समयमा बोल्दै सांसद संग्रौलाले सरकारले मुलुकलाई भ्रष्टाचार, अनियमितता, बेथिति र ‘गुन्डाराज’बाट मुक्त गर्न खोजिरहेको दाबी गरिन्।

“यो सरकार देशलाई भ्रष्टाचार, अनियमितता, बेथिति र गुन्डाराजको क्यान्सरबाट मुक्त गर्न चाहन्छ,” उनले भनिन्।

उनले आफूहरूले विगतमा गर्न नसकेको काम अब आफूहरूले सरकार सञ्चालन गरेर देखाउने अभिव्यक्ति दिने विपक्षी सांसदप्रति पनि टिप्पणी गरिन्। तत्कालीन सरकारको समयमा भएको गोलीकाण्डमा जेनजी युवाहरू मारिएको उल्लेख गर्दै उनले त्यस्तो पृष्ठभूमि बोकेका नेताहरूले पुनः सरकार सञ्चालनको दाबी गर्दा नैतिक प्रश्न उठ्ने बताइन्।

“कुन हिम्मतले यहाँ आउँछौँ र शासन गर्छौं भनिराख्नुभएको छ?” संग्रौलाले प्रश्न गरिन्।

उनको यही अभिव्यक्तिपछि नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले आपत्ति जनाइन्। उनले ‘गुन्डाराज’ कहाँ रहेको हो भन्ने स्पष्ट पार्न माग गर्दै वर्तमान सरकारमाथि नै गुन्डाराजको आरोप लगाइन्।

सिद्धिकीले प्रतिपक्षले सरकारका गलत कामको विरोध गर्दा प्रतिपक्षी सांसदलाई नै ‘गुन्डा’को संज्ञा दिने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाइन्।

“प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ,” उनले भनिन्, “हाम्रो सास गए पनि उभिन्छौँ, हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ।”

उनले जेनजी आन्दोलनको प्रसंग उठाउँदै सरकार पक्षका सांसदहरूले विगतका घटनाबारे बोल्दा आत्मसमीक्षा गर्नुपर्ने संकेतसमेत गरिन्।

नियमापत्तिपछि सदनमा थप तनाव

विवाद बढेपछि सांसद संग्रौलाले पुनः समय मागिन्। एमालेका सांसद रिंगला यादवसहित केही सदस्यले भने भर्खरै बोलेकी सांसदलाई पुनः नियमापत्ति गर्न दिन नहुने धारणा राखे।

तर बैठक सञ्चालन गरिरहेकी उपसभामुख रुवी कुमारीले नियमापत्ति गर्न मिल्ने भन्दै प्रतिपक्षी सांसदहरूलाई बस्न आग्रह गरिन् र संग्रौलालाई पुनः बोल्ने समय दिइन्।

संग्रौलाले ‘गुन्डाराज’ शब्दप्रति आपत्ति भए तत्कालीन सरकारले इन्काउन्टर गरेका व्यक्तिहरूको सूची देखाउन आफू तयार रहेको बताइन्। उनको यो भनाइपछि प्रतिपक्षका केही सांसदहरू उठेर विरोध जनाएका थिए।

एमाले सांसद रिंगलालगायतले भने संग्रौलालाई पुनः बोल्न दिएको विषयमै आपत्ति जनाए। त्यसपछि उपसभामुखले सांसदहरूलाई एउटै विषय पटक–पटक नदोहोर्याउन आग्रह गरिन्।

एमाले सांसद रिंगलाको पनि आपत्ति

केहीबेरको विवादपछि एमाले सांसद रिंगला यादवलाई बोल्ने समय दिइयो। उनले ‘गुन्डा’ र ‘अराजक’ जस्ता शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइन्।

उनले तत्कालीन सरकारले गुन्डा संरक्षण गरेको भन्ने आरोपप्रति पनि असहमति व्यक्त गर्दै वर्तमान सरकारमाथि पनि प्रश्न उठाइन्।

“अहिलेको सरकारले कति गुन्डा पालेको छ, उहाँलाई थाहा छ कि छैन?” उनले प्रश्न गरिन्।

सांसदहरूबीच आरोप–प्रत्यारोप र नियमापत्तिका कारण केही समय सदनको वातावरण तनावपूर्ण बने पनि त्यसपछि बैठकको नियमित कार्यसूची अघि बढाइएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Lawmakers Raise Concerns Over Supplies, Prices, and Citizen Welfare

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu