काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले सरकारले राम्रो काम गरिरहेकाले प्रधानमन्त्रीको आलोचना भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले केही परिवर्तन गर्न खोज्ने व्यक्तिको आलोचना बढी हुने दाबी गरे। उनले प्रधानमन्त्री वालेन्द्र शाहले देशको मुहार फेर्ने उद्देश्यसहित निरन्तर काम गरिरहेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ। निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ।’
सांसद पराजुलीले सरकारका प्रतिनिधिहरू जनताको समस्या बुझ्न मैदानमा खटिएको पनि बताए। उनले मन्त्री सुनिल लम्साल देशभर आफैँ गाडी चलाएर जनताको समस्या बुझ्न पुगेको दाबी गरे।
‘उहाँ कुनै रिबन काट्न जानुभएको होइन, जनताको समस्या बुझ्न जानुभएको हो,’ उनले भने।
सांसद पराजुलीले सरकारका राम्रा काममा विपक्षी दलहरूले सहयोग गर्नुपर्ने र कमजोरी तथा नराम्रा कामको मात्रै विरोध गर्न आग्रह गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्