काठमाडौं । अमेरिकासँगको युद्धमा इरानले अब थप आक्रामक रणनीति अपनाउन सक्ने संकेत दिएको छ। अलजजिराका अनुसार अमेरिका–इरानबीच भएको सहमतिको म्याद सकिएपछि इरानी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को राजनीतिक ब्युरो प्रमुख ब्रिगेडियर जनरल यादुल्लाह जवानीले आइतबार राति सरकारी टेलिभिजनमार्फत इरान आफ्नो रक्षाका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन्।
उनले भने, “शत्रुले युद्ध सुरु गर्यो र हाम्रा प्रयासहरू अहिलेसम्म रक्षात्मक थिए, तर अब यी प्रयासहरूले आक्रामक रूप लिन सक्छन्।”
यद्यपि, सम्भावित आक्रामक कदम कस्ता हुनेछन् भन्नेबारे जवानीले विस्तृत जानकारी दिएनन्। उनले भने, ‘शत्रुहरू’ ले अब रणनीतिक आश्चर्यका लागि तयार रहनुपर्नेछ।
यसअघि गत साता आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकाले इरानी पूर्वाधारमा आक्रमण गरेमा अमेरिका तथा उसका खाडी क्षेत्रका सहयोगी मुलुकका ऊर्जा सञ्जाल, विद्युत् केन्द्र र इन्टरनेटसम्बद्ध पूर्वाधारलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए।
सैन्य नेतृत्वमा फेरबदल
यसैबीच, कट्टरपन्थी नेताका रूपमा हेरिएका सर्वोच्च नेता मोज्तबा खामेनीईले गत साता पूर्वआईआरजीसी अधिकारी तथा आफ्ना निकट सहयोगीहरूलाई प्रमुख सैन्य र सुरक्षा निकायमा नियुक्त गरेका छन्।
यसलाई इरानले आफ्नो सैन्य तथा सुरक्षा संरचना थप मजबुत बनाउँदै अमेरिकाविरुद्ध आक्रामक रणनीतिमा जोड दिन थालेको संकेतका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्