ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुवित्त, सहकारी र मिटरब्याज पीडितको समस्या समाधान गर्न भण्डारीको आग्रह


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएकी छन्।

मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयअगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्दै भण्डारीले आन्दोलनरत महिलाको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गरेकी हुन्।

पीडितका माग र समस्याबारे जानकारी लिएपछि उनले सरकारले यस विषयमा गम्भीरतापूर्वक समाधानका उपाय खोज्नुपर्ने बताइन्। विगतको अन्तरिम सरकारले पीडितसँग गरेका सम्झौतालाई आधार बनाएर वर्तमान सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने उनको सुझाव छ।

‘धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन म यहाँ आएकी हुँ,’ भण्डारीले भनिन्, ‘यस समस्यालाई जरैदेखि समाधान गरेर दिदीबहिनीहरूको स्वास्थ्यमा प्रतिकूलता नआओस् र उहाँहरूले फेरि दुःख भोग्न नपरोस् भन्ने मेरो चाहना छ।’

भण्डारीले सामाजिक न्यायका लागि पीडितहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाइन्। भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या र पीडा पूर्वराष्ट्रपति भण्डारीसमक्ष सुनाएका थिए।

१९ दिन पैदल हिँडेर काठमाडौं आए पीडित

पीडितका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू चार दिनदेखि धर्नामा रहेको जानकारी गराए। उनका अनुसार केही पीडित सुनसरीको इनरुवाबाट १९ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आएका छन्।

पीडितहरूले धर्नास्थलमा तत्काल घुम्ती शौचालय तथा सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए।

लघुवित्त तथा मिटरब्याजका कारण समस्यामा परेको भन्दै पीडितहरूले लामो समयदेखि न्याय र राहतको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। सहकारी पीडितसमेत आन्दोलनमा जोडिँदै आफ्ना माग सम्बोधनका लागि सरकारमाथि दबाब दिइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेक बाउन्सको नयाँ म्यादलाई सर्वोच्चको संवैधानिक मान्यता, पुराना चेकमा पाँच वर्षकै व्यवस्था

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चेक बाउन्सको नयाँ म्यादलाई सर्वोच्चको संवैधानिक मान्यता, पुराना चेकमा पाँच वर्षकै व्यवस्था

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षामा अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने

Trump Threatens Military Action Against Oman Amidst Stalled US-Iran Talks

China Advances Draft Law Targeting Cross-Border Corruption

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu