ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपत घटना बढे पनि मानवीय क्षति घट्यो


ABC NEWS
३ भदौ २०८३, बुधबार   ६ : ३५   बजे

काठमाडौँ । यस वर्ष मनसुन सुरु भएयता प्राकृतिक विपत्का घटनामा उल्लेख्य वृद्धि भए पनि मानवीय क्षति भने गत वर्षको तुलनामा घटेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वसूचना प्रणालीको प्रभावकारिता, जोखिमयुक्त क्षेत्रमा रातारात राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालमा मनसुन प्रवेश गरेको ५९ दिनमा एक हजार ३७३ वटा विपत्का घटना भएका छन् । ती घटनामा ६७ जनाको मृत्यु भएको छ । गत वर्ष सोही अवधिमा ५७१ वटा विपत्का घटनामा ४३ जनाले ज्यान गुमाएका थिए ।

प्राधिकरणका सहसचिव प्रदीप कोइरालाका अनुसार विपत्का घटनाको तुलनामा मृतकको अनुपात यस वर्ष करिब पाँच प्रतिशत रहेको छ । गत वर्ष यस्तो अनुपात करिब ७.५ प्रतिशत थियो । यस वर्षको मनसुन सकिन अझै करिब एक महिना १५ दिन बाँकी छ ।

नेपालमा यस वर्ष जेठ ५ गते मनसुन भित्रिएको थियो । मनसुन सुरु भएयता आठ जना बेपत्ता भएका छन् भने १२१ जना घाइते भएका छन् । विपत्का कारण एक हजार ६०४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार गत वर्षको तुलनामा चट्याङका घटनामा कमी आए पनि पहिरोका घटना भने करिब चार गुणाले बढेका छन् । बाढी तथा भारी वर्षाका घटनासमेत अघिल्लो वर्षको तुलनामा बढी भएका छन् ।

विपत्का घटना बढेसँगै उद्धार, राहत तथा पुनःस्थापनाका लागि तयारी र परिचालनलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ । बाढीको जोखिम रहेका ५५ जिल्लामा पूर्वसूचना प्रणालीअन्तर्गत साइरन सञ्चालनमा राखिएका छन् ।

देशभर उद्धार तथा प्रतिकार्यका लागि १९७ वटा दमकल र ४६० वटा एम्बुलेन्स परिचालन गरिएको छ । राहत सामग्री व्यवस्थापनका लागि ५३४ वटा गोदाम, उद्धारका लागि ७४ वटा ब्याकहोल लोडर, दुई वटा क्रेन, ३७ वटा हेलिकोप्टर र १३ वटा अस्थायी पुलको व्यवस्था गरिएको छ । पानीमा उद्धारका लागि ६१२ वटा डुङ्गा र ८१ वटा एक्साभेटरसमेत तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मनसुनअघि गरिएको कार्यात्मक पूर्वतयारीका क्रममा केन्द्रीय विपत् व्यवस्थापन कोषमा सात अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रुपैयाँ मौज्दात थियो ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले विपत् प्रतिकार्यमा प्रत्यक्ष संलग्न हुने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, फोकल पर्सन तथा स्थानीय तहका जिम्मेवार पदाधिकारीलाई घटना हुनुअघि नै सचेत गराउने व्यवस्था गरिएको बताए ।

उनका अनुसार उक्त संयन्त्रमार्फत हालसम्म तीन हजारभन्दा बढी अधिकारीलाई सम्भावित विपत्का घटनाबारे पूर्वसचेत गराइएको छ । प्राधिकरणले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै मानवीय क्षति न्यूनीकरणमा जोड दिइरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले भन्यो– अदालतप्रति सम्मान छ, पार्टी विघटनबाट जोगाउन महाधिवेशन रोक्न सकिँदैन

जसपा नेपालमा लुम्बिनी विवाद चर्कियो, सरकारको पक्षमा मतदान गर्ने पाण्डेयसँग स्पष्टीकरण माग

सम्बन्धित

संसद्मा चार मन्त्रालयमाथि प्रश्नोत्तर : दूतावासदेखि विद्युत् ट्रिपिङ र किसानको भुक्तानीसम्म

११ वर्षपछि खाली भयो बैँसरी पहिरोपीडितको राहुपारे बस्ती, डोजर लगाएर हटाइयो अस्थायी टहरा

इन्टरमिटेन्ट फास्टिङ : तौल घटाउने ‘चमत्कारी उपाय’ कि सामाजिक सञ्जालको अतिरञ्जना?

आजको विदेशी विनिमयदर : अमेरिकी डलरको खरिददर १५२.८० रुपैयाँ

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

आज देशका केही स्थानमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu