ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ वर्षपछि खाली भयो बैँसरी पहिरोपीडितको राहुपारे बस्ती, डोजर लगाएर हटाइयो अस्थायी टहरा


ABC NEWS
३ भदौ २०८३, बुधबार   ७ : १५   बजे

म्याग्दी  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेमा ११ वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका बैँसरी पहिरोपीडितको बस्ती अन्ततः खाली गरिएको छ।

गाउँपालिकाले पटक–पटक स्थान खाली गर्न आग्रह गरेपछि बस्तीमा बस्दै आएका परिवार अन्यत्र सरेका हुन्। उनीहरू स्थानान्तरण भएपछि मंगलबार गाउँपालिकाले डोजर परिचालन गरी राहुपारेमा रहेका अस्थायी टहरा तथा अन्य भौतिक संरचना हटाएको हो।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल तथा वडा नं. ३ का वडाध्यक्ष खिमबहादुर शाहीसहितको टोली राहुपारे पुगेर संरचना हटाउने कामको अनुगमन गरेको थियो।

विसं २०७२ जेठ १० गते अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि २६ घरधुरी विस्थापित भएका थिए। विस्थापितमध्ये केही परिवार पुरानै बस्तीमा फर्किए भने केही गलेश्वर, बेनी, पोखरालगायत स्थानमा बसोबास गर्दै आएका छन्।

वैकल्पिक बसोबासपछि बस्ती खाली

राहुपारेमा बस्दै आएका पहिरोपीडित परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था भएपछि गाउँपालिकाले सार्वजनिक सूचना तथा मौखिक रूपमा समेत बस्ती खाली गर्न आग्रह गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार असार ३१ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार राहुपारेमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक प्रयोजनका लागि छुट्याइएको स्थानमा निर्माण गरिएका टहरा हटाइएको हो।

उनका अनुसार गाउँपालिकाले लामो समयदेखि स्थान खाली गर्न आग्रह गर्दै आएको थियो। पछिल्लो पटक गाउँपालिका र अस्थायी बस्तीमा बसोबास गर्दै आएका परिवारबीच साउन मसान्तभित्र राहुपारे खाली गर्ने सहमति भएको थियो।

“पटक–पटकको ताकेतापछि अस्थायी रूपमा बसोबास गर्दै आएकाहरूले बस्ती छाडेपछि त्यहाँ रहेका घरटहरा हटाइएको हो,” पौडेलले भन्नुभयो।

चार परिवारको बसोबास थियो

बैँसरी पहिरोबाट विस्थापित २६ घरधुरीमध्ये केही परिवार आफ्नै पुरानो बस्तीमा फर्किएका छन् भने केहीले गलेश्वर, बेनी, पोखरालगायतका स्थानमा बसोबास गर्दै आएका छन्।

राहुपारेमा भने पछिल्लो समय चार परिवार मात्र बस्दै आएका थिए। उनीहरूले पनि गाउँपालिकाको अनुरोधअनुसार बस्ती छाडेपछि अस्थायी संरचना हटाइएको हो।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार विस्थापित परिवारलाई आफ्नै घरजग्गामा फर्किन आग्रह गरिएको थियो। परिवारहरूले बस्ती छाडेपछि टहरा भत्काउने र त्यसबाट निस्किएको फोहोर तथा अन्य सामग्री व्यवस्थापन गर्ने काम गरिएको हो।

अन्य सार्वजनिक जग्गा पनि अतिक्रमणमुक्त बनाइने

राहुपारेको बस्ती हटाउने कामलाई गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानकै एक हिस्सा भएको जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार गाउँपालिकाभित्र सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक प्रयोजनका लागि छुट्याइएका स्थानमा भएका अतिक्रमणको समेत खोजी भइरहेको छ।

उनले सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य स्थान पहिचान गरी क्रमशः अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।

यससँगै २०७२ सालको विनाशकारी बैँसरी पहिरोपछि अस्थायी रूपमा सुरु भएको राहुपारेको विस्थापित बस्तीको ११ वर्ष लामो बसोबास पनि औपचारिक रूपमा अन्त्य भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 कीर्तिपुरबाट देखिएको स्वयम्भू महाचैत्यको मनमोहक दृश्य

१० वर्षमा पनि बनेन मनाङको ङावल–हुम्डे मोटरेबल पुल

सम्बन्धित

संसद्मा चार मन्त्रालयमाथि प्रश्नोत्तर : दूतावासदेखि विद्युत् ट्रिपिङ र किसानको भुक्तानीसम्म

इन्टरमिटेन्ट फास्टिङ : तौल घटाउने ‘चमत्कारी उपाय’ कि सामाजिक सञ्जालको अतिरञ्जना?

आजको विदेशी विनिमयदर : अमेरिकी डलरको खरिददर १५२.८० रुपैयाँ

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

विपत घटना बढे पनि मानवीय क्षति घट्यो

आज देशका केही स्थानमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu