ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चार क्षेत्र सुधारमा सरकारको जोड, फाइभजीदेखि हुलाक आधुनिकीकरणसम्म


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई ‘रूपान्तरणकारी वर्ष’ का रूपमा अघि बढाउँदै सञ्चार तथा दूरसञ्चार क्षेत्रमा नीतिगत, संस्थागत र सेवा प्रवाहसम्बन्धी सुधारलाई तीव्रता दिएको छ ।

मन्त्रालयले शासकीय सुधार, संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सरलीकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा दूरसञ्चार क्षेत्रलाई नागरिकमुखी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यसहित सुधारका काम अघि बढाइएको बताउनुभएको छ ।

मन्त्रालयका अनुसार नीति, ऐन, कानुन, कार्यविधि, मापदण्ड र निर्देशिकालाई समयसापेक्ष बनाउने काम भइरहेको छ । सञ्चार तथा दूरसञ्चार क्षेत्रमा लगानी, पूर्वाधार विकास, रोजगारी सिर्जना, नवप्रवर्तन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी नीतिगत सुधार अघि बढाइएको छ ।

हुलाक सेवालाई पनि आधुनिक र प्रविधिमैत्री बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । सरकारी कुरियर सेवा ७७ वटै जिल्लामा विस्तार गरिएको छ । साउन २५ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४४ हजार ६१९ थान राहदानी ढुवानी गरिएकामा आठ हजार ४५३ थान घरघरमै पुर्‍याइएको छ ।

त्यस्तै, जिल्लास्थित यातायात कार्यालयमा १० लाख ३८ हजार ८०८ थान सवारीचालक अनुमतिपत्र ढुवानी गरिएकामा एक हजार ९७ थान घरमै पुर्‍याइएको मन्त्रालयले जनाएको छ । यसबाहेक शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशालाका नमुना, स्वास्थ्य बिमा बोर्डका सामग्री तथा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सामग्रीसमेत हुलाकमार्फत ढुवानी गरिएको छ ।

मन्त्रालयले सूचना प्रविधि, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । प्रसारण इजाजत तथा चलचित्र जाँचपासलगायत सेवामा लाग्ने समयसमेत घटाइएको जनाएको छ । यसअघि तीनदेखि सात दिन लाग्ने कतिपय सेवा अहिले एकदेखि तीन दिनमै उपलब्ध गराउन थालिएको मन्त्रालयको दाबी छ ।

दूरसञ्चार क्षेत्रको सुधारका लागि दूरसञ्चार विधेयक निर्माण भइरहेको छ । नेपाल टेलिकमको क्षमता अभिवृद्धि, फोरजी सेवामा देखिएका समस्या समाधान तथा नेपालमा पहिलोपटक फाइभजी सेवाको औपचारिक सुरुवातको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । दूरसञ्चार प्राधिकरणलाई थप प्रभावकारी नियामक निकायका रूपमा सुदृढ गर्ने योजना पनि अघि सारिएको छ ।

त्यस्तै, पछिल्लो एक दशकमा सञ्चार क्षेत्रमा भएको तीव्र परिवर्तनलाई सम्बोधन गर्न मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत कानुनी आधार तयार पार्ने काम भइरहेको छ । सञ्चारमाध्यमको संख्यात्मक वृद्धिसँगै देखिएका चुनौती न्यूनीकरण गर्दै सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने लक्ष्य मन्त्रालयले लिएको छ ।

चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने उद्देश्यले नयाँ चलचित्र विधेयक संसद्मा दर्ता भइसकेको छ । विधेयकले चलचित्रकर्मीका माग तथा अपेक्षालाई सम्बोधन गर्ने मन्त्रालयको विश्वास छ ।

हुलाक सेवालाई ‘होम बेस्ड डेलिभरी’ अवधारणाअनुसार थप प्रविधिमैत्री र आधुनिक बनाउने योजना पनि कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित, मर्यादित र नागरिकमैत्री बनाउन सके सार्वजनिक सेवा प्रवाहसँगै समग्र सामाजिक रूपान्तरणमा योगदान पुग्ने मन्त्रालयको निष्कर्ष छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

बासुदेव खोलाले बगाएका चार बालिकामध्ये दुईको मृत्यु, एक अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला

११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

बासुदेव खोलाले बगाएका चार बालिकामध्ये दुईको मृत्यु, एक अझै बेपत्ता

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu