ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ३५   बजे

हेटौँडा, मकवानपुर । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव बुधबार फेला परेको छ।

मंगलबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। घटनामा एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव मंगलबार नै फेला परेको थियो। दुई जना बेपत्ता थिए।

बेपत्ता बालिकाको खोजीका क्रममा बुधबार बिहान बिनिता भ्लोनको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

घटनामा कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

खोलाले बगाएका चार बालिकामध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव मंगलबार नै फेला परेको थियो। कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

कालभैरव मन्दिरमा हरेलो मेला, धार्मिक पर्यटनमा निजी क्षेत्रको लगानी बढाउनुपर्नेमा जोड

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बर्खामा ढोरपाटन यात्रा जोखिमपूर्ण, ठाउँ–ठाउँमा पहिरोले पर्यटकलाई सास्ती

देउवाले भने– ‘म हिन्दु हुँ, अरू धर्मको विरोधी होइन’

गुफा संरक्षण संस्थाको अध्यक्षमा एकराज नेपाली चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu