ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा सभापति रविले बोलाए संसदीय दलको बैठक


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टीका मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । संसद्मा सांसदहरूको उपस्थिति र प्रस्तुति कमजोर हुँदै गएपछि सभापति लामिछानेले बैठक बोलाएको रास्वपाका एक सांसदले बताएका छन् ।

रास्वपाका एक पदाधिकारीसमेत रहेका सांसदका अनुसार बैठकमा संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति र उपस्थितिका विषयमा आवश्यक निर्देशन दिइनेछ ।

सामान्यतः संसदीय दलको बैठक बोलाउने जिम्मेवारी संसदीय दलका नेता वालेन्द्र शाह (बालेन) को हो । तर, शाह प्रधानमन्त्री रहेकाले उनी हालसम्म एकपटक मात्रै संसदीय दलको बैठकमा सहभागी भएका छन् । आजको बैठकमा पनि प्रधानमन्त्री शाह सहभागी हुने सम्भावना नरहेको रास्वपा नेताहरूले बताएका छन् ।

यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई भदौ १० गते सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुन बोलाएका छन् ।

प्रधानमन्त्री शाहको व्यस्तताबीच रास्वपा सभापति लामिछानेले संसदीय दलका गतिविधिमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

US Oil Giant Chevron to Expand Venezuela Operations

Families Search for Answers a Year into Trump’s Boat Strike Campaign

Brazilian Activist Demands Release of Tunisian Colleagues Detained for Gaza Aid Mission

1,204 Bodies Retrieved After Bhotekoshi Flood Disaster

Court Rules Dismissal of Bergdahl’s Conviction Was Invalid

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu