काठमाडौँ । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
उक्त स्थानमा अहिले पनि माथिबाट पहिरो खसिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी दोभानबाट पाँचजनाको टोली परिचालन गरिएको छ ।
पहिरो पन्छाउन डोजर तयारी अवस्थामा राखिएको छ । पहिरो खस्न रोकिएपछि तत्काल सडक खुलाउने काम सुरु गरिने प्रहरीले जनाएको छ ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवागमन प्रभावित भएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्