ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत दूरसञ्चार नीतिको मस्यौदामा १५ दिनभित्र सुझाव दिन प्राधिकरणको आग्रह


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदामा राय तथा सुझाव माग गरेको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै सरोकारवालालाई १५ दिनभित्र सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार दूरसञ्चारसम्बन्धी विद्यमान कानुनलाई समयानुकूल परिमार्जन गर्दै कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउने उद्देश्यले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार गरिएको हो ।

नीतिमार्फत दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो तथा सर्वसुलभ बनाउने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । साथै विभिन्न क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसमेत नीतिले समेटेको छ ।

प्राधिकरणले नयाँ नीतिले दूरसञ्चार क्षेत्रमा हाल देखिएका समस्या समाधान गर्नुका साथै भविष्यमा आउन सक्ने चुनौती सामना गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

विद्यमान कानुनका कमीकमजोरी हटाउँदै दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई थप प्रोत्साहन गर्ने उद्देश्य पनि नीतिको मस्यौदामा समेटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मस्यौदामाथि सरोकारवाला तथा सम्बन्धित पक्षबाट प्राप्त सुझावलाई अध्ययन गरी आवश्यकताअनुसार समेटिने जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu