कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठक बुधबार बस्दैछ र बैठकको सम्भावित कार्यसूचीमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने विषय समावेश गरिएको छ ।
मुख्यमन्त्री शाहीले सोमबार नै विश्वासको मतका लागि आवश्यक पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् । नेकपा एमालेको समर्थनमा उनी गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
मन्त्रालय बाँडफाँडमा दुई दलबीच सहमति हुन केही ढिलाइ भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री शाहीले बताएका छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री शाहीलाई विश्वासको मतका लागि प्रदेशसभाको बहुमत सदस्यको समर्थन आवश्यक पर्नेछ ।
मुख्यमन्त्री शाहीले संविधानको धारा १८२ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्