ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन् । वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्तासमेत रहेकी बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छन् ।

उपाध्यक्ष डा. नारायणबहादुर महोत्रा पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजीका प्राध्यापक तथा विभागीय प्रमुख हुन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमडी (क्लिनिकल फिजियोलोजी), एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन् ।

डा. महोत्राले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड)मा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी कार्यमा समेत योगदान दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिट दर्ता नभएपछि प्रधानन्यायाधीशलाई अधिवक्ताको निवेदन

सम्बन्धित

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

विमानस्थलबाट करोडौँ मूल्यको थाई गाँजा बरामद, ८ जना पक्राउ

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu