काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७५५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्