ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको छमहिने निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले १८० दिन अवधिका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ भने साँवा तथा ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोली लगाउन सक्नेछन् । बोली रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा सहभागी संस्थाले आफूले निक्षेप राख्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदरका बोली परेमा ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गरिनेछ ।

राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिले आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्न सक्नेछ । स्वीकृत बोलअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ ।

निक्षेप उपकरण निष्कासन हुने दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खातामा पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखिने र आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानीको मितिमा साँवा र तोकिएको ब्याज सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो निक्षेपलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न सकिनेछ । तर, अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन । राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ हजार धरौटीमा छुटे सार्वजनिक शान्तिविरुद्धको मुद्दामा थुनामा परेका तीन युवा

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

सम्बन्धित

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना

उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलोपटक आफैँ मुद्दा चलायो, अपहरण प्रकरणबाट सुरुवात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu