ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलोपटक आफैँ मुद्दा चलायो, अपहरण प्रकरणबाट सुरुवात


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले स्थापनाको करिब ६० वर्षपछि आफैँ मुद्दा दर्ता तथा अनुसन्धान गर्ने अधिकार प्रयोग गर्दै अपहरण तथा शरीर बन्धकको मुद्दाबाट काम सुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि मुद्दा चलाउने अधिकार पाए पनि कार्यालयले साउनको अन्तिमदेखि औपचारिक रूपमा मुद्दा दर्ता सुरु गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार कार्यालयको कार्यप्रकृतिअनुसार गम्भीर अपराधको घटनाबाट मुद्दा दर्ता गरी अनुसन्धान थालिएको हो । यसअघि कार्यालयले जघन्य अपराधको अनुसन्धान र पक्राउ गरे पनि मुद्दा प्रक्रियाका लागि जिल्ला प्रहरी परिसरमा पठाउँदै आएको थियो ।

हाल कार्यालयले अपहरण तथा शरीर बन्धकको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूलाई साउन २९ गते काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, चितवन राप्ती नगरपालिका–१ का २४ वर्षीय अमित ओली, काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ, मकवानपुर वाग्मती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की र अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल छन् ।

प्रहरीले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको अनुमति लिएको छ । उनीहरूमाथि झापाको शिवसताक्षी नगरपालिका–१० घर भई हाल मित्रनगर बस्ने नवीन रायलाई अपहरण गरी १८ लाख रुपैयाँ फिरौती मागेको आरोप छ ।

डिजिटल कारोबार विवादपछि अपहरण

प्रहरी अनुसन्धानअनुसार घटनाको मुख्य योजनाकार मनोज बुढाथोकी रहेको खुलेको छ । डिजिटल रकम कारोबारका क्रममा उनको सामाजिक सञ्जालमार्फत रोहित नाम गरेका भारतीय नागरिकसँग सम्पर्क भएको थियो ।

रोहितले मनोजलाई ‘ट्रस्ट वालेट’ एप डाउनलोड गर्न लगाई डिजिटल मुद्रा ‘क्वाइन’ ट्रान्सफर गर्न प्रस्ताव गरेको प्रहरीको भनाइ छ । सोही क्रममा रोहितले नवीन रायलाई कलंकीस्थित एक क्याफेमा पठाएका थिए ।

मनोजले प्रदीप पोखरेललाई रोहितका मानिससँग भेट्न पठाएपछि आफैँ पनि कलंकी पुगेका थिए । त्यहाँ १८ हजार क्वाइन, करिब १८ लाख रुपैयाँ बराबरको डिजिटल रकम पठाइए पनि रकम एपमा जम्मा नभएको र रोहितले उक्त रकम गायब पारेको प्रहरीको दाबी छ ।

त्यसपछि मनोजको समूहले रोहितले पठाएका नवीनलाई कलंकीबाट अपहरण गरी नागार्जुन नगरपालिका–५ स्थित छग्डोल पुर्‍याएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार देखाएर अपहरण

प्रहरीका अनुसार समूहले नवीनलाई कलंकीबाट धारिलो हतियार देखाएर ट्याक्सीमा राखी नागार्जुनतर्फ लगेको थियो । प्रदीप पोखरेल र निमेश कार्कीले मोटरसाइकलबाट ट्याक्सीलाई पछ्याएका थिए ।

नागार्जुन पुगेपछि नवीनको हात बाँधेर कोठामा बन्धक बनाइएको र उनका आफन्तलाई १८ हजार डिजिटल क्वाइन बराबरको १८ लाख रुपैयाँ नदिए हत्या गर्ने धम्की दिइएको प्रहरीको भनाइ छ ।

परिवारले प्रहरीलाई खबर गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बन्धक बनाइएको स्थानबाट नवीनको उद्धार गरी आरोपितहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नवीन र रोहित सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका थिए । मनोजको डिजिटल रकम रोहितले नै चोरी गरेको र सोही घटनापछि नवीन अनाहकमा अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । भारतीय नागरिक रोहित भारतमै बसेर डिजिटल रकम चोरी गर्ने गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ ।

सात प्रकारका गम्भीर अपराधमा अधिकार

२०२३ सालमा केरकार शाखाका रूपमा स्थापना भएको यो युनिटले यसअघि अनुसन्धान र पक्राउ गर्ने अधिकार मात्र प्रयोग गर्दै आएको थियो । समयक्रममा २०४३ सालमा तत्कालीन अञ्चल प्रहरी कार्यालय वाग्मतीअन्तर्गतको केरकार शाखा, २०५१ सालमा उपत्यका अपराध अनुसन्धान शाखा र २०६३ सालमा महानगरीय प्रहरी अपराध महाशाखाका रूपमा रूपान्तरण भएको थियो ।

२०७८ सालदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयका रूपमा सञ्चालनमा रहेको कार्यालयले अहिले अनुसन्धानसँगै मुद्दा दर्ता गर्ने अधिकारसमेत पाएको हो ।

कार्यालयले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, व्यक्ति हत्या तथा बेपत्ता, अपहरण तथा शरीर बन्धक, डाँका–चोरी, मुद्रा र एक करोड रुपैयाँभन्दा बढीको ठगीसम्बन्धी मुद्दामा आफैँ अनुसन्धान तथा मुद्दा दर्ता गर्न पाउने अधिकार पाएको छ ।

अब कार्यालयले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएर अदालती प्रक्रिया अघि बढाउनेछ । कार्यालय प्रमुख एसएसपी खड्काका अनुसार भविष्यमा अन्य प्रकारका गम्भीर अपराधको अनुसन्धान तथा मुद्दा दर्ताको अधिकार लिन गृह मन्त्रालयसँग समन्वय गरिनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ हजार धरौटीमा छुटे सार्वजनिक शान्तिविरुद्धको मुद्दामा थुनामा परेका तीन युवा

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

सम्बन्धित

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu