काठमाडौं । राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।
सरकारले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्न विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । गत साउन १४ गते दर्ता भएको विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएपछि बुधबार दफावार छलफलका लागि समितिमा पठाइएको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्