ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका निलम्बित केन्द्रीय सदस्य राजेश खिम्दुङले पार्टी अध्यक्ष हर्कराज राईले आफूलाई स्पष्टीकरणको अवसर नदिई सामाजिक सञ्जालमार्फत निलम्बन गरेको भन्दै असहमति जनाएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खिम्दुङले कुनै पनि लोकतान्त्रिक संगठनमा आरोप लाग्दैमा त्यसलाई अन्तिम सत्य मान्न नहुने बताएका छन्। आरोपको निष्पक्ष छानबिन गरी आरोपितलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने र प्रमाणका आधारमा निर्णय हुनुपर्ने उनको भनाइ छ।

“मलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर दिनुपर्छ जस्तो लागेको थियो। पर्याप्त सुनुवाइ गर्नुपर्थ्यो जस्तो लागेको थियो। तर अध्यक्षज्यूले फेसबुकमार्फत म निलम्बित भएको घोषणा गर्नुभएको छ,” उनले लेखेका छन्।

खिम्दुङले आफूलाई व्यक्तिगत अपमान वा पीडा भएको विषयभन्दा पनि पार्टीभित्र विधि, विधान, न्याय र लोकतान्त्रिक संस्कार कायम हुनुपर्ने विषय महत्वपूर्ण रहेको बताएका छन्।

‘व्यक्तिको होइन, विधिको पक्षमा उभिऔँ’

उनले आफू पद वा प्रतिष्ठाका लागि नबोलेको स्पष्ट गर्दै पार्टीका सदस्यलाई व्यक्तिको पक्ष वा विपक्षमा नभई विधिको पक्षमा उभिन आग्रह गरेका छन्।

“आज ममाथि अन्याय भयो भने भोलि यही अन्याय अरू कुनै श्रमदातामाथि पनि हुन सक्छ,” भन्दै उनले भावनाका आधारमा नभई सत्य, तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने वातावरण बनाउन माग गरेका छन्।

खिम्दुङले कसैलाई सुनेकै भरमा दोषी नठहर्‍याउन र पार्टीलाई व्यक्ति केन्द्रित नभई विधि तथा विधान केन्द्रित बनाउन आग्रह गरेका छन्।

‘नेतृत्वलाई प्रश्न गर्नु विद्रोह होइन’

श्रम संस्कृति पार्टी पुराना राजनीतिक दलभन्दा फरक लोकतान्त्रिक चरित्र भएको पार्टी बन्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्वप्रति प्रश्न उठाउनु विद्रोह नभएको बताएका छन्।

उनका अनुसार विधि र न्यायको माग गर्नु पार्टीविरोधी गतिविधि पनि होइन। “म आज पनि सत्यको पक्षमा छु। म आज पनि लोकतन्त्रको पक्षमा छु। म आज पनि श्रमदाताहरूको सम्मान र अधिकारको पक्षमा छु,” उनले लेखेका छन्।

उनले व्यक्ति होइन विधि जिताउन, पद होइन न्याय रोज्न र डर होइन सत्यको साथ दिन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। साथै श्रम संस्कृति पार्टीलाई नेपालको ठूलो पार्टी बनाउन सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

Vaush Outlines Leftist Vision For Proactive US Foreign Policy

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

खाली घरले सुनाएको स्वाँराको कथा : अवसरको खोजीमा रित्तिँदै गाउँ

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता, बोलपत्रमै व्यवस्था अनिवार्य

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu