ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन आवश्यक : अमात्य


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : २५   बजे

काठमाडौं । खेलकुद विज्ञ तथा प्रोफेसर दिवाकरलाल अमात्यले नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन बनाउनुपर्ने बताएका छन् ।

लामो समय खेलकुद क्षेत्रमा सक्रिय अमात्यको संस्था नेसनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहारको अवस्था गम्भीर रहेको देखाएको छ ।

अमात्यका अनुसार नेपाली खेलकुदमा यस्ता घटना पञ्चायतकालदेखि नै हुँदै आए पनि यस विषयमा पर्याप्त ध्यान दिइएको छैन । संवेदनशील विषयमा अहिलेसम्म ठोस काम नभएपछि अध्ययन गर्न आफूहरू अघि बढेको उनले बताए ।

कानुन नहुँदा उजुरीमा समस्या

अमात्यले महिला खेलाडीमाथि हुने दुर्व्यवहार रोक्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा दोषीलाई उन्मुक्ति मिल्ने अवस्था रहेको बताए ।

“कानुन नहुँदा दुर्व्यवहार गर्नेलाई मौका मिल्छ,” उनले भने, “महिला खेलाडीहरूले उजुरी दिने ठाउँ पनि छैन ।”

सामाजिक दबाब र लाजका कारण धेरै महिला खेलाडीले आफूले भोगेको दुर्व्यवहारबारे बोल्न नसकेको उनको भनाइ छ ।

अध्ययनअनुसार प्रतियोगिता, छनोट खेल तथा राष्ट्रिय टोलीमा सहभागी हुने क्रममा यस्ता घटना बढी हुने गरेका छन् । अमात्यका अनुसार दुर्व्यवहारमा अश्लील वा अपमानजनक शब्द प्रयोग गर्ने, गलत नियतले छुनेलगायत व्यवहार पर्ने गरेका छन् । यस्ता गतिविधिमा प्रशिक्षक तथा खेलकुद पदाधिकारीसमेत संलग्न हुने गरेको उनले बताए ।

कतिपय खेलाडीले दुर्व्यवहार सहनुपरेको र कतिपयले त्यसकै कारण खेलकुद क्षेत्र छाडेकोसमेत उनले उल्लेख गरे ।

छुट्टै महिला सेल बनाउन सुझाव

अमात्यले महिला खेलाडीका लागि उजुरी गर्न छुट्टै महिला सेल गठन गर्नुपर्ने सुझाव दिएका छन् । उजुरी गर्ने खेलाडीको पहिचान गोप्य राख्ने व्यवस्था पनि आवश्यक रहेको उनको भनाइ छ ।

उनका अनुसार कडा कानुनसँगै खेलाडी, प्रशिक्षक तथा खेलकुद पदाधिकारीलाई यौन दुर्व्यवहारबारे सचेत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । महिला खेलाडीलाई सुरक्षित वातावरणको प्रत्याभूति दिलाउन सके उनीहरू खुलेर आफ्ना समस्या राख्न सक्ने उनले बताए ।

राखेपलाई सक्रिय हुन आग्रह

अमात्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यस विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका छन् । यस्ता घटना नियन्त्रणका लागि कानुन निर्माणको पहल गर्नुपर्ने उनको भनाइ छ ।

राखेपमा यस विषयमा छलफल सुरु भएर समिति गठनको तयारी भइरहेको जानकारी पाउँदा आफू खुसी भएको उनले बताए । तर, महिला खेलाडीको सुरक्षाका लागि कानुनी व्यवस्था तत्काल आवश्यक रहेको उनले जोड दिए ।

अमात्यले अध्ययन प्रतिवेदन तयार भइसकेकाले अब त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको बताए । ठोस कानुन निर्माण नभएसम्म सरकारलाई निरन्तर दबाब दिइरहने उनको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

Vaush Outlines Leftist Vision For Proactive US Foreign Policy

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

खाली घरले सुनाएको स्वाँराको कथा : अवसरको खोजीमा रित्तिँदै गाउँ

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता, बोलपत्रमै व्यवस्था अनिवार्य

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu