ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुँदै, आजै शपथ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

मकवानपुर, भदौ ४ गते । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुने भएका छन् । प्रदेश प्रमुखको कार्यालय, हेटौँडाले बिहीबार अपराह्न थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने कार्यक्रम तय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मगर मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गर्न लागेको जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार तीन दलको समर्थनसहित थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न निवेदन प्राप्त भएको छ । कार्यालयका अनुसार उनलाई बिहीबार अपराह्न ४ः०५ बजे मुख्यमन्त्री नियुक्त गरिनेछ भने ४ः२० बजे शपथ ग्रहण गराउने कार्यक्रम छ ।

यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोहीअनुसार एमाले, नेकपा र राप्रपाले थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थनसहितको दाबी पेस गरेका हुन् ।

थापा मगरले यसअघि बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनको नियुक्तिसँगै बिहीबार नै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Xi Urges New Middle East Security Framework During Rare Egypt Visit

Putin and Zelenskyy Issue Threats as Strikes Rock Ukraine, Russia

US-Venezuela Oil Deal: Impact on Fuel Prices Uncertain

US Bombing Strikes Iranian Wedding, Killing Four Civilians

Xi Urges China-Egypt Cooperation Amid Turbulent Landscape

Can Ukraine’s Drones Shut Down Russia’s Airspace? Implications for Airlines

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu