ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व लामखुट्टे दिवस : नेपालमा ५६ जिल्लामा कीटजन्य रोगको जोखिम


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौं । ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ नेपालमा आज विश्व लामखुट्टे दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । लामखुट्टेको टोकाइबाट सर्ने रोगबारे जनचेतना फैलाउने तथा संक्रमणबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले यो दिवस मनाइन्छ ।

लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसलगायतका रोग सर्न सक्छन् । नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान विस्तार हुँदै जाँदा उच्च हिमाली क्षेत्रसमेत यस्ता रोगको जोखिममा पर्न थालेको विभागले जनाएको छ ।

किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय नेपालका ५६ जिल्लामा कीटजन्य रोग देखिइसकेको छ ।

सातै प्रदेशमा प्रयोगशाला

कीटजन्य रोगको पहिचान तथा नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको वृद्धि रोक्ने तथा आवश्यकताअनुसार झुल र लामखुट्टे भगाउने साधन प्रयोग गर्न आग्रह गरेका छन् । विशेषगरी वर्षायाममा लामखुट्टेको संख्या बढ्ने भएकाले रोगको जोखिम न्यूनीकरणका लागि थप सतर्कता अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

सम्बन्धित

एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढ्यो

पोखरामा घरबाट निस्किएकी महिला मृत अवस्थामा फेला

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौंमा ३२.५८० ग्राम हेरोइनसहित दुई जना पक्राउ

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu