काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भएको दाबी गरे ।
‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने ।
कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । तर, गत भदौमा भएको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि गत फागुनमा भएको निर्वाचनमा देउवा उम्मेदवार बनेनन् ।
थापाले देउवा कांग्रेस सभापतिमा तेस्रो पटक बन्न नपाएकोमा समेत असन्तुष्ट रहेको टिप्पणी गरे ।
‘दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने, ‘हामी हे¥यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ।’
देउवा दुई कार्यकाल कांग्रेस सभापति भइसकेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा तेस्रो पटक निर्वाचित हुने व्यवस्था छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्