ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ४५   बजे

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–४ मा श्रीमतीमाथि अमानवीय ढंगले घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेका ३३ वर्षीय रामशंकर यादवलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

प्रहरीका अनुसार गत साउन ५ गते राति करिब १० बजे यादवले आफ्ना भाइ श्यामसुन्दर यादवको सहयोगमा घरभित्रै श्रीमती सञ्जनामाथि कुटपिट गरेका थिए।

आरोपअनुसार यादवले घरका झ्यालढोका बन्द गरी भात पकाउने चुलोमा फलामको रड तताएर श्रीमतीका हातखुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। पीडितलाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचिएको समेत प्रहरीले जनाएको छ।

घरभित्रबाट चर्को आवाज र झगडाको आवाज आएपछि छिमेकीहरूले ढोका फोडेर सञ्जनाको उद्धार गरेका थिए। त्यसपछि प्रहरीलाई खबर गरी उनलाई उपचारका लागि नवराजपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

मोबाइलमा आएको फोन उठाएको विषयमा विवाद

पीडित सञ्जनाका अनुसार श्रीमान्को मोबाइलमा आएको फोन उठाएर कुराकानी गरेको विषयलाई लिएर आफूलाई चरम यातना दिइएको हो।

उनले हातखुट्टाका नङ निकाल्न प्रयोग गर्ने उद्देश्यले दुईवटा पिलाससमेत तयारी अवस्थामा राखिएको दाबी गरेकी छन्। छिमेकीहरू समयमै नआएको भए आफ्नो ज्यानसमेत जान सक्ने अवस्था रहेको उनको भनाइ छ।

अनुसन्धानपछि अदालतको आदेश

घटनालगत्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीले रामशंकर यादवलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अनुसन्धान पूरा गरी उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरेको थियो।

अदालतको आदेशपछि यादवलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

सम्बन्धित

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

सरकारी सफ्टवेयर विकास केन्द्र स्थापना हुँदै, ३० स्थायी कर्मचारी र विज्ञ परिचालन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu