ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ३५   बजे

बुटवल । रुपन्देहीको बुटवलमा जुवा खेलिरहेको अवस्थामा १ लाख ३२ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुवा खेल्ने व्यक्तिका साथै घर भाडामा लिएर जुवा अखडा सञ्चालन गरेको आरोप लागेका दम्पतीसमेत रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–३, गोलपार्क क्षेत्रमा घर भाडामा लिएर जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार छापा मारेको थियो।

प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार जुवा घर सञ्चालन गरेको आरोपमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाहीलाई पक्राउ गरिएको छ। उनीहरूले जापानमा रहेका एक व्यक्तिको घर पूर्ण रूपमा भाडामा लिएर जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

छापाका क्रममा जुवा खेलिरहेका अन्य व्यक्तिसहित नौ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने अन्य व्यक्तिहरू बुटवल र पाल्पाका विभिन्न स्थानका रहेको बताइए पनि प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

प्रहरीले घटनास्थलबाट १ लाख ३२ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बरामद रकम जफत गरी पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार जुवा खेल्ने तथा खेलाउने कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले पछिल्लो समय बुटवल क्षेत्रमा घर तथा अन्य निजी स्थान भाडामा लिएर गोप्य रूपमा जुवा खेलाउने गतिविधि बढ्न सक्ने भन्दै यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu