काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दीको विषय उठाएपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन्।
नोटबन्दी नगर्नुको कारणबारे प्रश्नको जवाफ दिँदै उनले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने सरकारको निष्कर्ष रहेको बताए।
‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने।
मन्त्री वाग्लेले अन्य मुलुकमा गरिएको नोटबन्दीको अनुभवसमेत सकारात्मक नरहेको बताए। नोटबन्दीको अभ्यास गरेका देशहरूले अपेक्षित सफलता हासिल गर्न नसकेको उनको भनाइ छ।
उनले नोटबन्दीबाट तत्काल सकारात्मक परिणाम आउने सुनिश्चितता नरहेको उल्लेख गर्दै सरकारले अहिले यसलाई प्राथमिकतामा नराखेको स्पष्ट पारे।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्