ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ३५   बजे

काठमाडौं । लागुऔषध, ३० लाख रुपैयाँभन्दा बढी नगद र सुनका गरगहनासहित पक्राउ परेका कुमार लामाविरुद्ध लागुऔषध कारोबारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१५, स्वयम्भू बुद्धपार्कमा बस्दै आएका ४२ वर्षीय लामालाई प्रहरीले गत जेठ ११ गते पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा भदौ ३ गते उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले लामालाई पक्राउ गर्दा १२२ ग्राम खैरो हेरोइन, नाइट्राभेटका १०५ ट्याबलेट, डाइजापामका २५ एम्पुल, फिनार्गनका २५ एम्पुल, तीन थान डिजिटल तराजु तथा ३० लाख १७ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। उनको साथबाट विभिन्न सुनका गरगहनासमेत फेला परेका थिए।

तेस्रो पटक लागुऔषध मुद्दामा पक्राउ

प्रहरी अनुसन्धानअनुसार लागुऔषध कारोबारको आरोपमा लामा यसअघि पनि दुई पटक पक्राउ परिसकेका थिए। यसअघिका मुद्दामा उनले गरी करिब आठ वर्ष जेल सजाय भुक्तान गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पटक–पटक कारबाहीमा परे पनि उनी पुनः लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको निष्कर्ष छ। यसपटक ठूलो परिमाणमा लागुऔषध, नगद र अन्य सम्पत्ति फेला परेपछि प्रहरीले उनको आर्थिक कारोबारमाथि समेत विस्तृत अनुसन्धान अघि बढाएको थियो।

३० लाख नगदको स्रोत खुलाउन नसकेको प्रहरीको दाबी

पक्राउका क्रममा कोठाबाट बरामद भएको ३० लाख १७ हजार रुपैयाँ नगद तथा सुनका गरगहनाको स्रोतबारे प्रहरीले लामासँग सोधपुछ गरेको थियो। तर, उनले ती सम्पत्तिको वैध आम्दानीको स्रोत पुष्टि गर्न नसकेको अनुसन्धानमा उल्लेख छ।

प्रहरीका अनुसार पक्राउ परेकै दिन लामाको माछापुच्छ्रे बैंकस्थित खातामा १२ लाख ५१ हजार ४७७ रुपैयाँ मौज्दात रहेको पनि फेला परेको थियो। उक्त रकमको स्रोतसमेत स्पष्ट हुन नसकेपछि अनुसन्धान सम्पत्ति शुद्धीकरणतर्फ केन्द्रित गरिएको हो।

आमाको बैंक खातामाथि पनि अनुसन्धान

अनुसन्धानका क्रममा प्रहरीले लामाकी आमा ओमकुमारी तामाङको बैंक कारोबारसमेत अध्ययन गरेको जनाएको छ। उनको खातामा ४६ लाख रुपैयाँ रहेको र कुमार लामा पक्राउ परेपछि उक्त रकम अर्को व्यक्तिको खातामा स्थानान्तरण गरिएको प्रहरी अनुसन्धानमा उल्लेख छ।

प्रहरीले कुमार लामा र उनको परिवारसँग सम्बन्धित आर्थिक कारोबारको अनुसन्धानपछि लागुऔषध कारोबारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट वैधानिक देखाउने प्रयास भएको आशंकामा सम्पत्ति शुद्धीकरणतर्फ पनि मुद्दा अघि बढाएको हो।

एक करोड १५ लाखभन्दा बढीको अवैध सम्पत्ति जोडेको आरोप

प्रहरी अनुसन्धानअनुसार लामाले लागुऔषध कारोबारबाट प्राप्त रकममार्फत विभिन्न कम्पनीका सेयर, सुन तथा नगद गरी एक करोड १५ लाख ९२ हजार ६ सय रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप छ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध लागुऔषध कारोबारको कसुरमा कानुनबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ। अभियोग पुष्टि भएमा उनलाई १५ वर्षसम्म कैद सजाय हुन सक्ने मागदाबी गरिएको छ। साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानबाट गैरकानुनी ठहरिएको सम्पत्ति जफत गर्नसमेत माग गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu