ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : १५   बजे

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनमा नेपालले २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको हो।

साउनमा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही महिनामा १ खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरको आयात भएको थियो। यस वर्ष आयात ३१.०४ प्रतिशतले बढेको छ।

यस अवधिमा नेपालको निर्यात भने ६१.७२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्षको साउनमा बढेर ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको परिमाण बढी भएकाले नेपालको व्यापार घाटा साउनमै १ खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ थियो। यस वर्ष व्यापार घाटा २४.८८ प्रतिशतले बढेको हो।

आयात र निर्यात दुवै बढेसँगै नेपालको कुल वैदेशिक व्यापार पनि उल्लेख्य विस्तार भएको छ। गत आर्थिक वर्षको साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेको कुल वैदेशिक व्यापार चालू आर्थिक वर्षको पहिलो महिनामा बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको हो।

यद्यपि, कुल वैदेशिक व्यापारमा नेपालको निर्यात हिस्सा भने बढेको छ। गत आर्थिक वर्षको साउनमा कुल व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको साउनमा बढेर १७.११ प्रतिशत पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu