काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महेताले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
डा. श्रेष्ठले भारतबाट बीडीएस तथा रुसबाट विद्यावारिधि गरेका छन्। उनी यसअघि नेपाल मेडिकल काउन्सिलमा पदेन सदस्य तथा मनोनीत सदस्यका रूपमा समेत कार्यरत थिए।
रजिस्ट्रारका रूपमा डा. श्रेष्ठले काउन्सिलको नियमन तथा प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्