ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ३५   बजे

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना गरेको छ।

नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसर तथा सम्भावनाबारे छलफल गर्ने उद्देश्यले आयोजित सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्व गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

कम्पनीका अनुसार सेमिनारमा एलजीका व्यावसायिक लन्ड्री समाधानबारे जानकारी दिँदै उन्नत प्रविधिले व्यवसायको सञ्चालन दक्षता बढाउन, लागत घटाउन तथा दिगो र लाभदायक व्यावसायिक वृद्धिमा कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा प्रस्तुति गरिएको थियो।

कार्यक्रमको नेतृत्व एलजी कमर्शियल वाशिङ मेसिनका व्यवसाय प्रमुख बसन्त पालले गरेका थिए। सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख एससी साबुको विशेष उपस्थिति रहेको थियो।

एलजीका कमर्शियल वाशिङ मेसिनबारे जानकारी

सेमिनारमा सहभागीलाई एलजीका कमर्शियल वाशिङ मेसिन समाधान, विशेषगरी एलजी जायन्ट र एलजी टिटानबारे जानकारी दिइएको थियो।

यी मेसिनहरू होटल तथा आतिथ्य क्षेत्र, स्वास्थ्य तथा वेलनेस क्षेत्र, लन्ड्रोम्याट, अपार्टमेन्ट, डोर्मिटोरी तथा लन्ड्री लाउन्जजस्ता नियमित र उच्च मात्रामा लन्ड्री आवश्यक पर्ने व्यावसायिक क्षेत्रलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

सेमिनारमा मेसिनका टिकाउपन, शक्तिशाली धुलाई क्षमता, ऊर्जा दक्षता तथा स्मार्ट बिजनेस म्यानेजमेन्टलगायत विशेषताबारे जानकारी दिइएको थियो।

कम्पनीका अनुसार १० डिग्रीको टिल्टेड ड्रमले उच्च धुलाई क्षमता कायम राख्दै पानीको खपत घटाउन सहयोग गर्छ। यस्तै, गाइरो ब्यालेन्सिङ सिस्टमले टबको गतिविधि पहिचान गरी उपयुक्त वाशिङ एल्गोरिदम प्रयोग गर्ने भएकाले मेसिन स्थिर र प्रभावकारी रूपमा सञ्चालन हुन्छ।

अनुकूलित वाशिङ साइकल ३६ मिनेटमै पूरा गर्न सकिने तथा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरले परम्परागत बेल्ट–पुली मोटरको तुलनामा २५.४ देखि ३२ प्रतिशतसम्म कम ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ।

कमर्शियल लन्ड्रीमा व्यवसायिक अवसर

सेमिनारमा कमर्शियल लन्ड्री क्षेत्रलाई नेपालमा बढ्दो व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा प्रस्तुत गरिएको थियो।

होटल, स्वास्थ्य सेवा, आवासीय तथा अन्य व्यावसायिक क्षेत्रका लागि लन्ड्री सेवा स्थापना, स्तरोन्नति वा विस्तार गर्न एलजीका व्यावसायिक लन्ड्री समाधानले कसरी सहयोग गर्न सक्छ भन्नेबारे सहभागीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागीले एलजी टोलीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो व्यवसायको आवश्यकता र उपयुक्त लन्ड्री समाधानबारे छलफल गरेका थिए।

कम्पनीले सेमिनारलाई प्राविधिक जानकारीमा मात्र सीमित नराखी व्यवसायिक ज्ञान आदानप्रदान, नेटवर्किङ तथा नेपालमा कमर्शियल लन्ड्री व्यवसायका सम्भावना खोज्ने मञ्चका रूपमा आयोजना गरिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu