काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भिगो ई२ को प्रारम्भिक विशेष मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीका अनुसार यो विशेष मूल्य भदौ ९ देखि १४ गतेसम्म चल्ने नाडा अटो शोको अवधिसम्म मात्र लागू हुनेछ । नाडा अटो शोपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
थप प्रिमियम फिचर चाहने ग्राहकका लागि भिगो ई२ प्लस पनि उपलब्ध हुनेछ । यसको मूल्य ई२ भन्दा थप ८ लाख रुपैयाँ बढी हुनेछ । ई२ प्लसमा मुनरुफ र आर१८ टायरलगायत थप सुविधा उपलब्ध छन् ।
फुल एसयूभी अनुभव
भिगो ई२ लाई सहरी आवतजावत, पारिवारिक यात्रा तथा लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ । यसमा पाँच जनाका लागि फराकिलो क्याबिन, २ हजार ७१५ मिलिमिटर ह्विलबेस र ५७२ लिटरको बुट स्पेस रहेको छ ।
कम्पनीका अनुसार गाडीमा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा डीजेआईद्वारा सञ्चालित एडीएएसजस्ता फिचर उपलब्ध छन् ।
ब्याट्री र रेन्ज
भिगो ई२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एकपटकको चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ भने १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
नेपालका विभिन्न भूगोलमा परीक्षण
कम्पनीका अनुसार नेपालमा हाल २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा छन् । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीलगायत विभिन्न भूगोल तथा चुनौतीपूर्ण सडकमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीको भनाइ छ ।
एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भिगो ई२ को संशोधित मूल्यले नयाँ बजेटको सकारात्मक प्रभाव प्रतिबिम्बित गरेको बताए । उनका अनुसार आवश्यक फिचरलाई प्राथमिकताका साथ समायोजन गर्दै भिगोको स्पेस, क्षमता र फुल एसयूभी अनुभवलाई थप ग्राहकको पहुँचमा पुर्याउने प्रयास गरिएको छ ।
ग्राहकले सोरुम तथा नाडा अटो शोमा रहेको नामीको स्टलबाट भिगो ई२ अवलोकन तथा बुकिङ गर्न सक्नेछन् । विशेष मूल्य ३५ लाख ९९ हजार रुपैयाँ नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्