ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौँ । भाटभटेनी ग्रुपको मुख्य लगानी रहेको काठमाडौं स्टिल प्राइभेट लिमिटेडले नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने तयारी गरेको छ। नवलपरासीको तिलकपुरमा रहेको उद्योगको उत्पादन क्षमता दोब्बर बनाइएको हो। उद्योगको क्षमता विस्तारका लागि १ अर्ब ५० करोड रुपैयाँ थप लगानी गरिएको छ।

काठमाडौँ स्टिलका उपाध्यक्ष किरण कुमार श्रेष्ठ अनुसार, लगानी थपिएसँगै कम्पनीमा कुल २ अर्ब ५० करोड रुपैयाँ लगानी पुगेको छ। उद्योग २०६८ सालमा स्थापना भएको थियो र २०७० सालदेखि स्टिल उत्पादन गर्दै आएको छ। यसअघि काठमाडौं स्टिलले भारतबाट बिलेट आयात गरेर छड उत्पादन गर्दै आएको थियो। हाल वार्षिक करिब ६० हजार टन छड उत्पादन गर्दै आएको उद्योगले क्षमता वृद्धिपछि वार्षिक १ लाख ५० हजार टन छड उत्पादन गर्ने लक्ष्य राखेको छ।

क्षमता विस्तार र आधुनिक प्रविधि

उद्योगको उत्पादन क्षमता सुधारका लागि काठमाडौं स्टिलले आधुनिक प्लान्ट जडान गरेको छ। बढ्दो बजार मागका कारण उद्योगको क्षमता वृद्धि गर्नुपरेको हो। भाटभटेनी ग्रुपले आन्तरिक परियोजनामा लगानी विविधीकरण गरिरहेको छ, साथै सरकारले ठूला पूर्वाधार परियोजना अघि बढाएपछि निर्माण सामग्रीको माग पनि बढेको छ।

श्रेष्ठका अनुसार, भारतबाट बिलेट आयात गर्दा भन्सार तिर्नुपर्ने भएकाले प्रतिस्पर्धात्मक हुन समस्या थियो। बिलेट आयातमा ५ प्रतिशत भन्सार लाग्ने तर कच्चा पदार्थ ल्याउँदा २.५ प्रतिशत मात्रै भन्सार तिरे पुग्थ्यो। उत्पादनलाई प्रतिस्पर्धी बनाउनका लागि आफैँ बिलेट बनाउनुपर्ने बाध्यता आएको हो। ‘हामीले सुरुमा बिलेटबाट उत्पादन गरिरहेका थियौँ, तर प्रतिस्पर्धा गर्न त्यति सफल हुन सकेनौँ,’ श्रेष्ठले भने, ‘बजारमा प्रतिस्पर्धा गर्ने हो भने हामीले पनि सोहीअनुसारको बाटो समात्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।’

स्पन्ज आइरन र कपलर प्रविधि

यसकारण उनीहरूले स्पन्ज आइरन ल्याएर त्यसबाट बिलेट उत्पादन गर्ने र छड बनाउने विकल्प रोजे। स्पन्ज आइरनभन्दा अगाडिको कच्चा पदार्थ, जस्तै आइरन ओर वा अन्य आवश्यक सामग्री नेपालमा पर्याप्त छैन, ती सामान विदेशबाट आयात गर्नुपर्छ। आफैँ बिलेट बनाउने भएपछि नयाँ प्लान्टको आवश्यकता परेको थियो। ‘दुई वर्षअघि प्रतिस्पर्धामा जानुपर्ने निष्कर्ष निकालेर नयाँ प्लान्ट स्थापना गर्ने निर्णय गरेका थियौँ,’ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।

उद्योगको आफ्नै ६ बिघा जग्गा नवलपरासीमा रहेको छ। काठमाडौं स्टिलले तयार गरेको प्लान्टमा ग्राहकले चाहेअनुसारको गुणस्तरमा छड उत्पादन गर्न सकिने प्रविधि जडान गरिएको छ। प्रमुख कार्यकारी अधिकृत केशव पोखरेलका अनुसार, नेपालका अन्य उद्योगहरूले ल्याइरहेको प्रविधि र नयाँ प्लान्टमा प्रयोग हुने प्रविधि एउटै स्तरको छ। ‘तर हाम्रो नयाँ प्रविधिको मुख्य फाइदा भनेको ग्राहकले माग गरेअनुसारको गुणस्तर र सामग्री हामी आफैँ उत्पादन गर्न सक्छौँ,’ उनले बताए।

गुणस्तर र रोजगारी

कच्चा पदार्थको केमिस्ट्री नियन्त्रण गरेर आवश्यक गुणस्तरअनुसार उत्पादन गर्न सकिने पोखरेलले जानकारी दिए। ‘हाम्रो प्लान्टमा भारतको निप्पन स्टिल वा टाटाले उत्पादन गर्ने स्तरको गुणस्तरको सामग्री बनाउन सक्ने क्षमता छ,’ उनले भने। निर्माण परियोजनामा डन्डी जोड्न तार प्रयोग गरिएकामा अब काठमाडौं स्टिलले कपलर बनाउने प्लान्ट जडान गरेको छ, जसले गर्दा डन्डी जोड्न तारको आवश्यकता पर्दैन।

पोखरेलका अनुसार, ‘हामीले रि–इन्जिनियरिङ गरेको नयाँ प्रविधिको कपलर बनाउन सक्छौँ। यो नेपालमै पहिलो पटक काठमाडौं स्टिलले उत्पादन गर्न लागेको हो। यसअघि हामीले न्युजिल्यान्डबाट कपलर ल्याएर बिक्री गरिरहेका थियौँ, अब नेपालमै उत्पादन हुन्छ।’ कपलर प्रयोग गर्दा डन्डीहरू सिधै जोडिन सक्छन् र अनावश्यक फ्यालो कम हुन्छ। यसले निर्माण लागत पनि घटाउँछ।

निर्माण क्षेत्रमा प्रभाव

पोखरेल बताउँछन्, ‘कन्स्ट्रक्सन कम्पनीमा डन्डी काट्दा वा टुक्रा पर्दा खेर जाने सामग्रीमध्ये करिब ८० प्रतिशतसम्म बचत गर्न सकिन्छ। यसले निर्माण लागत प्रभावकारी बनाउन र काम गर्न पनि सहज हुन्छ। कपलर प्रयोग गरिएका जोइन्ट डन्डीभन्दा दुई गुणासम्म बलियो हुन्छ।’ पुल तथा अन्य ठूला संरचना निर्माणमा यो प्रविधिले विशेष फाइदा पुर्याउने उनी बताउँछन्। उदाहरण दिँदै पोखरेल भन्छन्, ‘कुनै पुलको एउटा सेग्मेन्ट ३० फिटको छ। बजारमा डन्डीको लम्बाइ ४० फिटको हुन्छ। बाँकी १० फिटको टुक्रा खेर जाने अवस्था हुन्छ। कपलर प्रयोग गरेपछि आवश्यकताअनुसार डन्डी जोड्न सकिने भएकाले यस्तो फ्यालो घटाउन सकिन्छ।’

काठमाडौं स्टिल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा प्रत्यक्ष रूपमा करिब ६ सय जनाले रोजगारी पाउनेछन्। अप्रत्यक्ष रोजगारीसमेत जोड्दा कुल रोजगारी १ हजार ४ सयदेखि १ हजार ५ सय जनासम्म पुग्ने अपेक्षा गरिएको छ। काठमाडौं स्टिलको उत्पादन खपतका लागि बजारको समस्या नभएको श्रेष्ठ बताउँछन्।

अन्य लगानी

भाटभटेनी सुपरस्टोरका प्रवर्द्धक मीनबहादुर गुरूङसहित व्यवसायीहरू उमेश श्रेष्ठ, किरणकुमार श्रेष्ठ, रामकृष्ण खतिवडा, राजेश श्रेष्ठले विभिन्न परियोजनाहरुमा संयुक्त लगानी गरिरहेका छन्। काठमाडौं स्टिलमा पनि उनीहरुकै लगानी रहेको छ। त्यसबाहेक, उनीहरूले दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल निर्माण गर्दै छन्। उदयपुरमा १ हजार मेगावाटको सोलार परियोजना अघि बढाएका छन्। भैरहवामा गार्मेन्ट गियर सञ्चालनको अन्तिम तयारीमा छ। चितवनमा एग्री–वस्तु नामको कृषिको बहुउद्देश्यीय गोदाम बनिरहेको छ। त्यसैगरी, प्रसारणलाइन, जलविद्युत् आयोजना र अस्पतालमा पनि उनीहरुले लगानी गरिरहेका छन्। श्रेष्ठ भन्छन्, ‘हाम्रो डिलर नेटवर्क पहिले नै स्थापित छ। उत्पादन बढेपछि बजार विस्तारका लागि छुट्टै ठूलो समस्या हुने देख्दैनौँ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

सम्बन्धित

एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढ्यो

पोखरामा घरबाट निस्किएकी महिला मृत अवस्थामा फेला

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौंमा ३२.५८० ग्राम हेरोइनसहित दुई जना पक्राउ

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu