ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

तनहुँ । व्यास नगरपालिका–१० मा रहेको नारेश्वर तालमा पानी जम्मा हुन थालेपछि तालको स्वरूप आकर्षक देखिन थालेको छ। लामो समय पुरिएको अवस्थामा रहेको ताललाई उत्खनन गरी बाँध तथा आवश्यक संरचना निर्माण सम्पन्न भएपछि पानी जम्मा गर्न थालिएको हो।

निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले तालमा पानी भरिन थालेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको बताए। तालको दृश्य आकर्षक बनेपछि स्थानीयसँगै बाहिरी क्षेत्रका मानिससमेत घुम्न आउन थालेका छन्।

करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने अनुमान गरिएको छ। व्यास नगरपालिकाले नारेश्वर ताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको हो।

ताललाई कृषि, पर्यटन, वातावरण संरक्षण र स्थानीय रोजगारीसँग जोड्ने बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष दरैले बताए। तालमा आउने पर्यटकले सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक गर्न थालेपछि यसको प्रचारप्रसारसमेत बढिरहेको छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नारेश्वर ताललाई नगरपालिकाको नयाँ आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए। पानी भरिएपछि तालको प्राकृतिक सौन्दर्य थप आकर्षक हुने भएकाले जलविहार, वनभोजस्थललगायत पर्यटकीय पूर्वाधार निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए।

ताल आसपास आवश्यक संरचना विकास गर्न सके स्थानीय तथा बाह्य पर्यटकको आवागमन बढ्ने र त्यसबाट होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादन बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।

वडाध्यक्ष खेमराज पोख्रेलका अनुसार तालसँगै सिँचाइ ट्याङ्कीसमेत निर्माण गरिएको छ। तालमा जम्मा भएको पानी तानेर नजिकका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइनेछ। यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।

नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण गरिएको हो। आयोजनाको अनुमानित लागत करिब चार करोड रुपैयाँ रहेको छ।

सिँचाइसँगै कृषि उत्पादन बढाउने लक्ष्य

नारेश्वर ताल निर्माणको प्रमुख उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक सिँचाइ सुविधा उपलब्ध गराउनु पनि हो। वर्षाको पानीमा मात्र निर्भर भएर खेती गर्नुपर्ने अवस्था अन्त्य गर्दै नियमित सिँचाइको व्यवस्था गर्न सके कृषि उत्पादन बढाउन सहयोग पुग्ने वडाध्यक्ष पोख्रेलले बताए।

तालको पानी कृषि क्षेत्रमा उपयोग भएपछि किसानले तरकारी तथा अन्य बालीको उत्पादन बढाउन सक्ने अपेक्षा गरिएको छ। यसले स्थानीय कृषि अर्थतन्त्रलाई समेत बलियो बनाउने विश्वास गरिएको छ।

नगरप्रमुख न्यौपानेले नारेश्वर ताललाई केवल कृत्रिम जलाशयका रूपमा नभई कृषि, पर्यटन, वातावरण संरक्षण र रोजगारी सिर्जनालाई एकैसाथ अघि बढाउने आधारका रूपमा विकास गर्न खोजिएको बताए।

तालमा पानी भरिँदै जाँदा अहिले देखिन थालेको पर्यटकीय आकर्षणलाई व्यवस्थित पूर्वाधारसँग जोड्न सके नारेश्वर आगामी दिनमा व्यास नगरपालिकाको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

सम्बन्धित

एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढ्यो

पोखरामा घरबाट निस्किएकी महिला मृत अवस्थामा फेला

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौंमा ३२.५८० ग्राम हेरोइनसहित दुई जना पक्राउ

विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu