ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई पक्राउ, कुकुरले संकेत गरेपछि सहचालक हिरासतमा


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

जनकपुरधाम । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र त्यसपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

साउन २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटना लगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा ‘सोको’ सहितको टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप टोली परिचालन गरी घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–२ दसधुरीकी तीन वर्षीया रहेको खुलेको हो।

चकलेटको प्रलोभन देखाएर लगेको आरोप

प्रहरीका अनुसार बालिका साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। खोजीका क्रममा अनुसन्धान गर्दै जाँदा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने प्रलोभन देखाएर बालिकालाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मंगलबार साँझ प्रहरीले तालिमप्राप्त कुकुरसहित घटनास्थलमा अनुसन्धान गरिरहेको थियो। त्यतिबेला सहचालक थापा पनि प्रहरीलाई शव खोज्न सहयोग गरिरहेको जस्तो देखिएका थिए। सोही क्रममा कुकुरले थापातर्फ संकेत गरेपछि उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चालक पनि पक्राउ

प्रहरीका अनुसार थापाले बालिकामाथि जबर्जस्ती करणीपछि हत्या गरेको स्वीकार गरेका छन्। घटनामा म्याजिक चालकको समेत संलग्नता देखिएपछि जितपुरसिमरा–१ का २४ वर्षीय प्रमोद चौधरीलाई पनि पक्राउ गरिएको छ।

प्रहरीले चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ। थप प्रमाण संकलनका लागि नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर

सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सम्बन्धित

प्रेम राईको खुलासा : ‘भ्रष्टाचारको डिल विदेशमा हुन्छ, सम्झौता नहुँदा हात बाँधिन्छ’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’

एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढ्यो

पोखरामा घरबाट निस्किएकी महिला मृत अवस्थामा फेला

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन

श्रीमतीलाई तातो फलामको रडले यातना दिएको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu