ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ०५   बजे

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गाउँपालिका वा नगरपालिकाले बनाएको कार्यविधिमाथि सुनुवाइ गर्ने अधिकारक्षेत्र संवैधानिक इजलासलाई नभएको ठहर गर्दै रिट निवेदन खारेज गरेको छ ।

स्थानीय तहले संविधान र प्रचलित कानुनसँग बाझिने गरी कार्यविधि बनाएको दाबी गर्दै दायर गरिएको रिट प्रारम्भिक सुनुवाइमै खारेज भएको हो ।

सुनकोसी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयमा तृतीय श्रेणीकी प्रधानाध्यापक सरिता चौलागाईंले आफूलाई नियमावलीसँग बाझिने कार्यविधिका आधारमा प्रमुख प्रशासकीय अधिकृतले अनधिकृत रूपमा पदमुक्त गरेको र निलम्बन गरेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले २०८२ चैत २३ गते गरेको निर्णयको पूर्णपाठ सार्वजनिक भएको हो ।

सुनकोसी गाउँपालिकाले बनाएको शिक्षासम्बन्धी कार्यविधि, २०७५ को दफा ६ को देहाय (ढ) तथा दफा २० को उपदफा ३ र ४ का व्यवस्था शिक्षा नियमावली, २०५९ सँग बाझिएको भन्दै चौलागाईंले ती व्यवस्था खारेज गर्न माग गरेकी थिइन् ।

तर, उक्त विषय संवैधानिक इजलासको अधिकारक्षेत्रभित्र नपर्ने सर्वोच्चको ठहर छ । त्यसैले कारण देखाउ आदेशसमेत जारी नगरी प्रारम्भिक चरणमै रिट खारेज गरिएको हो ।

सर्वोच्चका अनुसार संघीय संसद् वा प्रदेशसभाले बनाएको कानुनसँग गाउँसभा वा नगरसभाले बनाएको कानुन बाझिएको अवस्थामा भने त्यस्तो विवाद संवैधानिक इजलासको अधिकारक्षेत्रमा पर्छ ।

सर्वोच्चले अदालतको अधिकारक्षेत्र कानुनबाट निर्धारण हुने र कुनै निकायलाई अधिकार नै नदिइएको विषयमा सुनुवाइ गर्न नसकिने स्पष्ट गरेको छ । अधिकारक्षेत्र नभएको अदालत वा इजलासबाट मुद्दाको कारबाही र किनारा गर्नु स्वच्छ सुनुवाइसम्बन्धी मान्यताको समेत प्रतिकूल हुने सर्वोच्चको व्याख्या छ ।

त्यस्तै, एउटा अधिकारक्षेत्रबाट उपलब्ध हुने उपचार अर्को अधिकारक्षेत्रबाट प्रदान गर्न नमिल्ने पनि सर्वोच्चले जनाएको छ । संविधानले तोकेको सर्त र सीमाभित्र रहेर मात्रै संवैधानिक इजलासले आफ्नो अधिकारक्षेत्र प्रयोग गर्नुपर्ने सर्वोच्चको निष्कर्ष छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu