काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणमा रहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाह निजी भ्रमणमा निस्किएको जानकारी दिएका हुन्।
प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्रीको भ्रमण निजी भएकाले यससम्बन्धी थप जानकारी आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट लिन उपयुक्त हुनेछ।
प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका छन्। यसअघि उनी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका थिए।
प्रधानमन्त्री कार्यालयले भदौ ५ गते आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता अर्यालले निजी भ्रमण भएको स्पष्ट पारेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्