काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने मिति संशोधन गरेका छन्।
यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने तयारी गरिएकोमा अब भदौ ८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिवालयका अनुसार सोमबार बस्ने बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।
नेकपा एमालेका थापा मगर बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई औपचारिक समर्थन जुटाउन लागेका हुन्।
संविधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
सोमबार विश्वासको मतको प्रस्ताव
मुख्यमन्त्री थापा मगरले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। यसअघि आइतबारका लागि तय गरिएको बैठकको मिति संशोधन गरी सोमबार पुर्याइएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्